स्कटल्याण्डले नेपालमै पाउने लिग टू च्याम्पियन ट्रफी
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको विजेतालाई त्रिवि मैदानमा स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरिने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार आईसीसी क्रिकेट विश्वकप लिग टूको विजेता भइसकेको टोली स्कटल्याण्डले भोली मंगलबार च्याम्पियन ट्रफी पाउने भएको हो ।
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्डले लिग टूमा आफ्नो ३६ औं अर्थात अन्तिम खेल नेपालविरुद्ध खेल्दैछ ।
त्रिवि मैदानमा नेपाल, नामिविया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृंखला चलिरहेको छ ।