त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित पक्राउ १३ जना पक्राउ
काठमाडौं । ठूलो परिणममा प्रहरीले अवैध लागुऔषद बरामद गरेका छन् । स्वदेश फर्कन लागेका चारजना थाई नागरिकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित पक्राउ परेका छन् ।
अवैध लागुऔषद सहित ७ जना नेपाली ,२ जना भारतीय र ४ जना थाई नागरीकलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार उनिहरुलाई काठमाडौंबाट लागुऔषद सहित फेलापारी पक्राउ गरेको एसएसपि बिकासराज खनालले जानकारी दिए ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट २३ केजी ८ सय ग्राम चरेस बरामद भएको छ ।
त्यस्तै, ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।