भ्यालेन्टाइन डेमा आफ्ना सर्मथकलाई केपी ओलीको लभ यू टु
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सर्मथकलाई भ्यालेन्टाईन डेको अबसरमा आइलभ यू टु रिप्लाई गरेका छन् ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्वघाटन कार्यक्रममा आफ्नो मन्तव्यको अन्त्यमा ओलीले सर्मथकलाई लभ यू टु भनेका हुन् ।
उद्घाटन सत्र समापनगर्दै ओलीले भने ‘मलाई जैले पनि तपाईहरु ओली बा आइलभ यू भन्नु हुन्छ, आज भ्यालेन्टाईन डेको अवसरमा मेरो पनि तपाईहरुलाई लभ यू टु’
कार्यक्रमलाई सम्बोधन गरेर विदा माग्ने बेलामा उनले रोमान्टिक हुदैँ केपी बा आई लव्यु भनेर भन्नेहरुको लागि लभ यू टुको रिपलाई दिएका हुन् ।
अनेरास्ववियुको महाधिवेशन सुरु : ड्रोन उडाएर अध्यक्ष ओलीद्वारा उद्घाटन
नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेका हुन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ ।
भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा तथा महासचिव समिक बडालको दाबी छ ।