रामकृष्ण ढकालको ‘जिम्बु झानेर’ गित सार्वजनीक
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको जिम्बु झानेर गित सार्वजनीक भएको छ ।
सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रम मार्फत जिम्बु झानेर गीत सार्वजनीक गरिएको हो । उक्त कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले गीत निकै नै राम्रो भएको बताएका छन् । उनले भने ‘यो गितले स्रोता, दर्शकको मन जित्नेछ । यो भिडियोको लागि सबैले मिहिनेत गरेका छन् । पोखराको मनोरम दृश्य र गीतको संयोजनले सबैको मन जितेको छ ।’
नायक आकाश श्रेष्ठ र ग्रिष्मा तामाङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई दीपा शाक्यको निर्देशनमा तयार गरिएको हो ।
निरज घिमिरेको शब्द रहेको गीतमा संगीतकार शिखर सन्तोषको संगीत सुन्न सकिन्छ । यो गीत रामकृष्ण ढकाल ,अञ्जु पन्तले गाएका छन् ।