यातायात मजदुर र प्रहरीबीच झडाप हुँदा बलाजू क्षेत्र दिनभर तनावग्रस्त(भिडियोसहित)
काठमाडौं । यातायात मजदुरको प्रदर्शनका कारण नयाँ बसपार्क र गोंगबु क्षेत्र सोमवार दिनभर तनावग्रस्त बन्न पुगेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सडक दिनभर रणमैदानमा परिणत भयो ।
प्रदर्शनकारीले प्रहरीलाई लक्षीत गरि ढुंगा तथा इट्टा प्रहार गरेका थिए । प्रहरीले भने भिड नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरेको थियो । प्रदर्शनका कारण बालाजु, गोंगबू तथा बसुन्धरा क्षेत्रको यातायात आवागमन दिनभर प्रभावित बन्न पुगेको थियो । बिरोधमा उत्रिएका उनीहरुले सडकमै बस तेस्र्यार आवागमन रोकेका थिए ।
प्रदर्शनकारीले सडकमा राखिएका डिभाईडर बाल्न थालेपछि प्रहरीले लाठी चार्जमा उत्रिएको थियो । उग्र बनेका प्रदर्शनकारीले पार्क गरि राखिएको प्रहरीको भ्यान तोडफोड गर्नुका सार्थ आगजति गरेका थिए । यहीक्रममा उनीहरुले नयाँ बसपार्क क्षेत्रमा राखिएको प्रहरी पोष्ट पनि तोडेफोड गरेका थिए ।
ट्राफिक नियम उलंघन गर्दा कारबाही शुल्क बढाएको बिरोधमा यातायात मजदुर केही दिनएता बिरोधमा छन् ।