चलचित्रकर्मीका लागि पहिलो डिजिटल हाइजिन वर्कशप सम्पन्न
काठमाडौं / चलचित्रकर्मीका लागि पहिलो डिजिटल हाइजिन वर्कशप आयोजना गरिएको छ ।
धमाल फाउण्डेशनले विशेष गरि चलचित्रकर्मी तथा खेलाडिका लागि डिजिटल प्लेटफर्म र यसका चुनौतिबारे जानकारी दिने उद्देश्यले वर्कशप आयोजना गरेको आयोजक गौतम धिमालले जानकारी दिए ।
नेपाल चलिचत्र विकास बोर्डको हलमा आयोजित वर्कशपमा चलचित्र क्षेत्रका विभिन्न कलाकारसंगै खेलाडि तथा अन्य व्यक्तिहरुको सहभागिता थियो । वर्कशपमा नेपाल प्रहरीको साइवर व्यूरो तथा कानूनी विज्ञहरुसमेतले डिजिटल हाइजिन र नेपालमा अहिले अवस्थाका साथै सुरक्षित रहने उपाय तथा आवश्यक कानूनी उपचारबारे जानकारी गराएका थिए ।
खेलाडी, कृष्ण बहादुर चन्दले, धमाल फाउण्डेशनले गरेको काम एकदमै राम्रो भएको प्रतिक्रिया दिए । उनले भने डिजिटल प्लेटफर्म प्रयोगबारेको ज्ञान हरेकलाई हुन जरुरी छ ।
कलाकार कृष्ण मल्लले डिजिटल प्लेटफर्म प्रयोगकर्ताले त्यसबारे जानकार हुनुपर्ने मान्यताका आधारमा यस्ता वर्कशप आवश्यक रहेको बताए । कलाकारका लागि मात्रै नभई अलि बढी हाइ प्रोपाईलले डिजिटल प्लेटफर्मका रिक्स फ्याक्टर थाहा पाउनु जरुरी रहेको बताएका छन् ।
वर्कशप आयोजक मध्येका एक सविन बस्नेतले हाम्रो पहिचान डिजिटल वर्डमा कसरी सुरक्षित रहने भन्ने विषयमा यो वर्कशप प्रभावकारी भएको बताए । डिजिटल एरामा सुरक्षित रुपमा कसरी बाच्ने भन्नेबारे जानकारी दिन वर्कशप आयोजना गरिएको उनको भनाई छ ।
कलाकार लगायत चर्चित व्यक्ति डिजिटल दुनियाँमा ह्याकरहरुबाट बढी लक्षित हुने भएकोले उनीहरुका लागि पहिलो वर्कशप गरिएको उनको भनाई छ ।