पोखराको लेकसाइडमा आगलागी
काठमाडौं । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकस्थित ह्वाईट बिल्डिङमा आगलागि भएको छ ।
हिमालयन जाभा, नविल बैंक, नासा ट्रेकिङ इक्युप्मेन्ट सप लगायतका पसलहरुमा आगलागिले ठुलो क्षति पुर्याएको छ ।
सेलवेज भवन नामले समेत चिनिने तीनतले बिल्डिङमा सल्किएको आग साँझ अबेर नियन्त्रणमा आएको गण्डकी टेलिभिजनका स्टेशनन म्यानेजर घनश्याम पाण्डेले जानकारी दिए ।
दिउसो ४ बजेतिर भएको आगलागिको कारण खुलेको छैन् । अन्डर ग्राउण्डमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।