साइत, समय र घट्ना : कमल खनाल
काठमाण्डौ अमेरिकन एम्बेसीले तीन महिनाको इन्ट्री भिषा दिएको थियो। नेवार्कको इमिग्रेसनले कति महिना यहाँ बस्ने अनुमति दियो मैले तत्कालै हेरिन किनकी मेरो नर्थक्यारोलिना जाने प्लेन छुटिसकेको थियो।
म हतारमा थिए तर म भन्दा पनि हतार एयर लाइन्सका कर्मचारीहरू थिए। उनीहरुले ह्याण्डक्यारी समेत तानिदिए। मलाई छिटो छिटो प्लेनमा चडाए। पछि थाहा भयो उनीहरुको हतारको कारण नर्थक्यारोलिनाको लागि त्यो अन्तिम उडान रहेछ।
आरडियूमा रातको ११ बजे जहाजले अवतरण गर्यो। मैले नर्थक्यारोलिनाको रातको दृश्यलाइ आँखामा राख्न सकिन। म पनि तनावमा थिए । प्लेनले मलाइ उसको गन्तब्यमा पुर्यो तर म मेरो गन्तब्यको खोजिमा लाग्न बाँकी नै थियो। नचिनेको ठाँउ प्रक्रियागत कुराहरू पुरा गर्नु पर्ने समय लाग्ने नै भयो।
म रातको १२ बजेसम्म एयरपोर्टबाट बाहिर ननिस्कदा अशोक र बुवालाइ चिन्ताले सताइ सकेको थियो। म लगेज खोज्न थाले। लगेज आइपुगेको रहेनछ मलाइ आश्चर्य लाग्यो। किन यस्तो भइरहेको छ। बुवा र अशोकले दुई घण्टाको पट्यार लाग्दो समय बिताउन पर्यो। फेरि मैले पनि अमेरिकाको पहिलो उडान गरेको थिए। यसकारण पनि बुवा र अशोकलाइ तनाव थियो।
मेरो जुन उडानको टिकट थियो त्यो उडान छुटिसकेको थियो।अर्को उडानमा म आइ पुग्ने बारेमा पनि अन्योल नै थियो बुवा र अशोक दुबैलाइ मेरो ठूलो चिन्ता भयो । म नर्थक्यारोलिना त आइ पुगे अब मेरो चिन्ता एयरपोर्टबाट बाहिर निस्कने अशोकलाइ भेट्ने थियो।
रातको समयले मलाइ तर्साइ रहेको थियो। फोन थिएन, लोकल फोन प्रयोग गर्न पनि पैसा पनि चाहिने प्रयोग गर्नपनि जान्न पर्ने हुन्थ्यो। नियमित उडानमा नआए पछि शंका लाग्नु स्वभाविक थियो। धन्न उनिहरूले दोस्रो उडान पर्खिरहेछन। नत्र मैले ब्यहोर्नु पर्ने गोता कस्तो हुन्थ्यो होला।
अशोकसँग भेट भयो तर लगेजसँग भने भेट भएन। हामी गाडी चड्यौ घरतिर लाग्यौ। लगेजका बारेमा छलफल भयो। आउछ,हराउदैन भन्ने बारेमा निचोडमा पुगियो। घर पुगे पछि मात्र थाहा भयो ६ महिनाको लागि अमेरिका बस्ने अनुमति दिएछ।
७ औ दिनमा लगेज घरमा नै आइपुगेछ। त्यतिबेला अमित २/३ महिना जतिका भएका थिए। आमा बुवाको बसाइ अमितका कारण लम्बिरहेको थियो। हामी घरमा थिएनौ लगेज दुरूस्त नैआएको रहेछ। एउटा इमानदारिता यहाँ प्रकट भइरहेको थियो।
बोस्टन यात्रा
म नर्थक्यारोलिनाको करिव १५ दिनकोबसाइ पछि २७ जुलाइ २००५ मा बोष्टनका लागि जहाज चडे। जहाजले बिहानको पहिलो उडान अफ टाइम भएकोले दुई सय डलरमा गराउदो रहेछ त्यस पछि मूल्य बडेर जादो रहेछ। यी सुबिधाका कुरा थिए कस्ले कसरी सुबिधा उपयोग गर्न सक्छ ब्यक्तिमा भर पर्ने रहेछ। त्यस पछाडिका उडानका लागि चार सय डलर तिर्नु पर्ने रहेछ।उडानको समय २ घण्टाको रहेछ।
बोष्टनमा मेरा पुराना मित्र थिए। जोसँग हाम्रो पारिवारिक सम्बन्ध पनि थियो। उनै मित्रको हर्दिकतामा म बोष्टन गएको थिए। मैले अमेरिकाको रमाइलोलाइ नियालिरहेको थिए। हेर्दा हेर्दै जहाजले बोष्टन एयरपोर्टमा अवतरण गर्यो। मैले बिहानको खाना खाएको थिइन।
निर्धारित समयमा नै मेरा मित्र मलाइ रिसिभ गर्न आइपुगे। यति टाढा आइपुग्दा पनि काठमाण्डौको याद दिलाउने किसिमले मित्रले मलाइ सेवा गर्नु गरे । मलाइ पनि उनिलाइ देखेपछि नेपालमा सँगै बिताएका क्षणहरूको सम्झना एक पछि अर्को गर्दै आइरहे। हामी घर पुग्यौ,खाना खायौ।
मित्रले मेरालागि छुट्टि मिलाएका रहेछ। मैले सोचे अब बोष्टनको रमाइलो पुरै मेरा आखामा पौडिने छन। अमेरिकाको बास्तविकता बुझ्न सहयोग हुने छ। हिजोको मेरा आखामा आइरहने अमेरिकाको तस्वीरलाइ मैले आज सत्य तथ्यमा देख्ने छु। मेरो सोच सोह्रै आना मिलेन गाडि चडियो तर घुम्नका लागि रहेनछ।
अमेरिकाको नर्थक्यारोलिना बाट म्यसाचुचेष्टको प्रवेशमात्र भयो मेरो यात्रा। मलाइ बोष्टनमा बसेर र घुमेर खान दिएनन् मित्रले। दुइ दिनको बसाइ पछि मलाइ नजिक कै रहेको ग्रोसरी स्टोरमा लगेर कम्पुटरको सामान्य ज्ञान दिलाए जसलाइ ग्रोसरी ज्ञानका रूपमा लिए। मलाइ ट्रेनिङ लिने काममा पठाए । तेस्रोदिन देखि एउटा ग्यास स्टेसनमा काम लगाइ दिए मलाइ।
मित्रको राम्रो बन्दोबस्त थियो। मेरो सोचमा र मित्रको सोचमा ठुलो अन्तर आयो। मैले अमेरिका घुम्नका लागि सम्झे उनिहरूले गतिलो कामदार आएको महसुस गरेछन र काममा लगाएका रहेछन। कामका लागि मानिसको अभाव पनि रहेछ र सस्तो कामदारका रूपमा म फेला परेको रहेछु। मैले काम गर्दिन भनेर प्रतिबाद गर्ने न समय भयो न सिद्धान्त न सहयोग नै हुने रहेछ।
मलाइ मित्रको कर्तब्य बुझ्न एक महिना लाग्यो। त्यस बीचमा मलाइ रिस पनि उठ्यो पारिबारिक माहोलबाट एउटा निर्जन स्थानमा असंगतिहरूको संगतमा बस्नु पर्यो। घर परिवार निद्रा सबै त्यागेर काम गरे। मेरो सोच१०/१२ दिनको मित्रको आतिथ्यता पछि अर्को ठाँउ जाने थियो। भर्जेनियामा रमा बैनी थिइन। डि सी मासरला बैनी थिइन। बाल्टिमोरमा प्रेमराजा महत थिए। उनि पनि मेरा पुराना मित्र र जिल्लाबासी हुन।उनिहरूले बोलाइरहेका थिए।
यसरी नै मैले अमेरिकी अनुभव लिने हेर्ने सोच बनाएको थिए। तर मेरा मित्रलेअमेरिकाका आफ्ना पुराना बितेका दिनहरूलाइ सम्झाउने गरि मनोबैज्ञानिक हिसावले मलाइ देखाएका रहेछन। फेरि उनको अर्को धुर्त्याइ पनि हुन सक्छ। मैले उनि सँग ५/६ बर्ष अगाडि एक लाख पचासहजार रूपँया सापटी लिएको थिए। उनले नै म नेपाल नफर्कदा सम्म चलाउनुस र म नेपाल आए पछि दिनु पर्छ भन्नेका थिए त्यो उनको म प्रतिको बिस्वास थियो। ब्याज तिर्नु नपर्ने गरि लिए र घरमा लगाए।
उनको झट्टै नेपाल फर्कने स्थिति बनेन अरू समय लाग्ने भयो। म पनि अमेरिका आएको समय मिल्यो र पैसा उठाउने राम्रो मौका सम्झे होलान र अमेरिकाको काममा होमिदिए मलाइ। चाणक्य निती अख्तियार गरेर लामोसमय सम्म नउठेको पैसा उठाए। उनको नितीले मलाइ पनि राहत मिल्यो। यहि कमाएको पैसा यहि नै तिरे।ऋणको बोझ कम भयो।
अमेरिकन कामको ज्ञान प्राप्त भयो। अमेरिका बसेर नेपालमा जानेहरूले दिने गफ मैले बुझे र उनिहरूलाइ हेर्ने नजरमा फरक आयो। मैले राम धिताल र चाइनिजको संयूक्त लगानिमा संचालन भएको ग्यास स्टेसनमा प्रति घन्टा ८ डलरमा रातको समयमा काम गरे। मलाइ होमसिक भैइरहेको थियो। अर्को तर्फ आत्मग्लानि पनि भइरहेको थियो। यसै समयमा प्रेमराजा लगायतका मित्रहरूले अमेरिका बस्न सल्लाह दिइरेका थिए। तर मेरो मन अमेरिका बस्ने थिएन।
म कसरी बाँचे
डेढ महिना मैले ग्यास स्टेसनमा काम गरे तर भयानक डरलाग्दो घट्नाबाट कामको अन्त्य हुन पुग्यो। सडक छेउमै रहेको ग्यास स्टेसनमा नौ वटा नोजल थिए। एउटा कनभेनियन्स स्टोर सँगै हेर्नु पर्ने थियो त्यो पनि रातको समयमा। निद्रा विस्तारै मिल्दै थियो। त्यहिबाट ५/६ महिना बिताउने र नेपाल फर्कने आन्तरिक योजना बनाएको थिए। समयले साथ दिएन। परिस्थिति उल्टा भयो।
करिव रातको एक बजेको थियो। एउटा गाडी तेज गतिमा आएर ग्यास स्टेसन अगाडी रहेको यूटिलिटी पोलमा ठोक्कियो गाडिको गति यति ज्यादा थियो कि पोलमा ठोक्किएर गाडी १०/१५ फिटमाथि पुग्यो र तल खस्दा ह्वारह्वारति आगो बलेर झर्यो र ग्यास स्टेसनलाइ आगोले छोप्यो। ग्यास स्टेसनलाइ आगोका लप्काहरूले पुरै खायो । अत्यन्त संवेदनशील ज्वलनसिल पदार्थ। धेरैको अनुमान थियो ग्यासस्टेसनमा मानिसको क्याजुअल्टी भएको छ। अनुमान भित्र पनि म थिए र अनुमान बाहिर त म छदै थिए।
गाडीमा कति जना मानिस थिए थाह भएन। एक जना पुरै शरिर रगताम्य हुदै मलाइ बचाउ भन्दै मेरो नजिकआयो। ग्यास स्टेस जलिरहेको थियो। स्टोर पुरै धूवांले भरिएको थियो। म के गरौ कसो गरौ भइरहेको थिए। साहूको फोन लागेन। त्यसै दिन उनले मोबाइल फोन सुत्ने कोठामा राखेका रहेनछन। खबर पुगेन उनलाइ। सधैको समयमा आए उनि। मलाइ एउटा कुरा सिकाइएको थियो। कुनै घट्ना भएमा टेबुल मुनि भएको बेलतान्नु। मैले त्यसै गरे ५ मिनट भित्र प्रहरी,एम्बुलेन्स र दमकल आइपुगे।
म बेल तानेर धेरै पर गएर बसेको थिए। प्रहरीले मलाइ इन्क्वारी गर्यो। पासपोर्ट माग्यो नाम सोध्यो र मेरो भिषा स्टाटस सोध्यो। पासपोर्ट मेरो साथमा थिएन। त्यति सोधेर प्रहरी गयो र घाइतेको प्राथमिक उपचारमा लाग्यो। एम्बुलेन्सवालाले मेरो बारेमा चासो दिएन। दमकल् आयो फायर एक्सिटङ गुइसरहरूले ग्यास स्टेसनमा बलिरहेको आगो निभाउन पोटासियम सल्फेट छरे र आगो निभाए।
मेरो इन्क्वाइरी गरे मेरो नाम सोधे मैले नाम भने त्यस पछि फायरएक्सि्टिगं गुइसर मध्येका एकजनाले मेरो नाम लिएर भने कमल “यू आर लक्की म्यान” उसले बुझेर नैभनेको थियो त्यस पछि मेरो शरीरमा पुरै कम्पन आयो १०७ डिग्रीको ज्वोरो आए झै शरीरमा कांडा उम्रेरजिरिङ बनायो।
मेरो पुरै मन मस्तिष्क घर परिवार आमा बा श्रीमति र छोराछोरी तर्फ लाग्यो। यदि फायर एक्स्टिङ गुइसरले भने जसरी म लक्की नभएको भए एउटा अबोध इतिहासले मलाइ पछ्याइ रहन्थ्यो। साहूले बिहान मात्र थाह पाए। मैले त्यो रात कसरी बिताए होला। कति डरलाग्दो भयो होला। कुन सेन्सले मैले त्यो परिस्थिति सँग जुधे होला। मेरो ज्यान गएको भए पनि मेरो कुनै मूल्य हुन्थेन मेरो काम गराइ अवैध थियो।
ग्यास स्टेसनका मालिकले भने क्षतिपूर्ति पाए। मेरो बा आमा श्रीमति र छोराछोरीहरूले मेरो क्षतिकसरी पूर्ति गर्थे होलान। आज सम्झदा पनि कहाली लागेर आउछ कि म कसरी बांचे? मित्रको बसोबस ग्यासस्टेसनबाट धेरै टाढा नभए पनि उनको दैनिकी मेरो भन्दा फरक थिएन तर उच्च स्तरको थियो। मलाइ सेल्फसफ्टेनस हुन सिकाइरहेका थिए। यो ज्ञान दिलाउनु पनि ठूलो कुरा थियो। यो पढेर पाइने ज्ञान थिएन।
मित्र धेरै अगाडि देखि एक जना महिला साथिसँग अपार्मेन्ट शेयरिङ गरेर बस्नु भएको रहेछ। दुबै जना रेफुजिको स्टाटसमा थिए। अमेरिकन ग्रीनकार्डका लागि उनिहरू दुबैले श्रीमति लोग्ने छोराहरू छोडेर अमेरिका बसेको धेरै भइसकेको थियो। मानिसहरू अमेरिका भने पछि कति मरिहत्ते गर्छन भन्ने एउटा उदाहरण थियो यो। दुबैको नेपालमा राम्रो जागिर थियो। जीवनलाई उलट पुलट गरेर बसेका थिए उनिहरू।
अमेरिकाका धेरै जाडोयाम बिताएका थिए उनिहरूले। समुद्रितटहरूमा गर्मीका क्षणहरू उसै गरि बिताएका थिए। बिस्तारै पारिवारिक घनचक्करलाइ भूल्दै गइरहेका थिए। अमेरिकाले धेरैलाइ धेरै कुरामा भूलाएको थियो। अमेरिकाको बिशेषता पनि त्यहि थियो र अमेरिका भएको थियो। मानिसहरू अमेरिका जान पाए स्वर्गपुगे जस्तै ठान्थे। तर म मा त्यस्तो कुनै परिवर्तन आएन।
रेफुजि क्लेम गरेको भए उनिहरू भन्दा पहिले नै अमेरिकी स्ट्याटसमा रहन सक्ने प्रमाणहरू म सँग सुरक्षित थिए। बोष्टनको एक रातको कार्यक्रममा मेराबारेमा धेरै महिला दिदी बहिनीहरुले धेरै कुरा सोध्नु भएको थियो। हामी जस्तो एकल पुरूष अमेरिकामा लामो समय बस्न चाहेमा नेपली एकल महिलाहरूले अपार्टमेन्ट सेयरिङमा सहयोग गर्दा रहेछन त्यो ज्ञान पनि प्राप्त भयो मलाइ ।
छोटो समयका लागि भने वास्ता गरिदो रहेनछ। अमेरिकन जीवनमा नेपाली प्रभाबका बारेमा मलाइ बुझ्न बोष्टनको बसाइले धेरै सहयोग पुर्यायो। म बोष्टनको नेटिकमा रहेको ग्यास स्टेसनमा काम नगरेको भए यी अनुभवहरू गर्भ गर्भान्तर निस्कने थिएनन। पाठकहरूले रस्वादन गर्न सक्ने र पाउने अबस्थाहुन्थेन।
अनि मित्रले फेरिदिए काम
डेढमहिना अगाडिको डरलाग्दो र भयानक घट्ना पछि मलाइ अमेरिकामा मित्रले अझै पनि बसेर खान दिएनन्। उनले अर्को तिनदिन पछि त्यो भन्दा अझै टाडा नर्थब्रीज स्थित रक्डेलमा रहेको एउटा लिक्कर्ड सहितको ग्रोसरी स्टोरमा एकजना महिला जो नेपालको सम्पन्न परिवारकी सद्स्य रहिछन्। उनले पनि अमेरिकालाइ प्राथमिकतामा राखेर परिवारलाइ टेलिफोनको नातामा राखेर अमेरिकामा संघर्ष गरिरहेकि रहिछन। उनले त्योस्टोर छोड्दै थिइन। त्यहि स्टोरमा काममा लगाइ दिए।
गुरमितपावला एक भारतिय नागरिक थिए। उनले बोष्टनमा ३/४ वटास्टोर संचालनमा ल्याएका रहेछन। मलाइ उनले प्रति घन्टा ८ डलर दिने गरि दिनमा ८ घन्टा काम गर्ने गरि जिम्मा दिए।माथिल्लो तलामा सुत्ने खाने र तल स्टोर थियो। स्टोरको ५०मिटर पर एउटा नदी थियो। जुन नदीको बहाब चाल नपाउने किसिमको थियो। पोखरी जस्तो ताल परेर रहेको देखिन्थ्यो।
मसँगै काम गर्ने मेरा सहयोगी गोरखाका हरि कुमार श्रेष्ठ थिए। उनि डीभी परेर केहि महिना अगाडि अमेरिका आएर बोष्टनमा बसेका रहेछन्। कृषि बिकास बैकको अधिकृत स्तरको जागिर राजिनामा दिएर अमेरिका आएका रहेछन। कृषि बिकास बैकको जागिर नेपालमा राम्रो जागिरका रूपमा लिइन्थ्यो। अमेरिकाको सम्पन्नताको सूचनाले जागिर छुटायो र अमेरिका पुर्यायो।
हामीले डेढ महिना सँगै काम गर्यौ। छिमेकी जिल्लाका भएकाले पनि हामीमा समझदारी थियो। स्टोरको सबै जिम्मा हामी दुइमा थियो। समय बाढेर काम गर्थ्यौ। मेरा मित्र बोष्टनबाट हप्तामा मलाइ लिन आउथ्ये। म पनि फ्रेश हुन्थ्ये। यो क्रम २/३ पटक सम्म चल्यो। मलाई पुर्याएर फर्कदा मेरा मित्रको गाडी सडकबाट परखसेछ। गाडिमा जति क्षेति भयो त्यो भन्दा धेरै न्यून क्षति मानिसलाइ भएछ।
गाडि सडकबाट तल खस्यो भनेर सुन्दा मलाइ धेरै चिन्ता भएको थियो। भाग्य बस त्यो स्थिति ब्यहोर्नु परेन। मित्रको बासस्थान मेरो मावली घर जस्तै भएको थियो। त्यो अपार्टमेन्टमा तीन जनाले सेयरिङ गरेर बसेका थिए। म जादा भूइमा बिछ्यौना लगाएर राम्रो सुत्ने बन्दोबस्त मिलाउथे। कोठाहरू थिए कोठामा चुकुल थिएनन्। मूलढोका लक भएपछि भित्री कोठाहरू खुल्लै रहन्थे।
मेरा मित्र एक अधबैशे नारी र एक नवजवान जो डी भी परेर आएका थिए। तीन जनाको अपार्टमेन्ट एउटै थियो। बजगाँई थरका भाइ ,ठकुरी थरकी नारी र पौडेलथरका मेरा अनन्य मित्र र केहि समय का लागि म समेत बसे। डीभी वालाले रेफूजीवालालाई हेप्ने रेफूजी वालाले मलाइ हेप्ने तर सौहाद्रता पूर्वक हुन्थ्यो यी काम। नारीपात्र चलाख थिइन। यूवक हठि स्वभावका थिए। मेरा मित्र भने खरो स्वभावका थिए। मन नपरेको कुरा मन भित्र राख्नै नसक्ने। प्रतिक्रियात्मक थिए।
त्यहाँ बस्दा मैले धेरै पटक तास खेलेको छु। मलाइ त्यहाँ नया मानिसका रूपमा हेरिन्थ्यो। म अमेरिका बसिदिए हुन्थ्यो भन्ने त्यहाँ आएका नारीहरू मध्ये धेरैलाइ हुन्थ्यो। तास खेल्ने बहानामा त्यहाँ आईरहन्थ्ये। म मा एउटा कुराको मात्रकमि थियो। म कम बोल्थ्ये मेरो भेउ पाउन उनिहरूलाइ निक्कै कठिन थियो।
बोल्ने बहाना खोजिरहन्थ्ये।एक दिन रात भर तास खेल्ने भनेर चार जना नारी र दुइ जना पुरूष छ जनाले तास खेल्यौ। मैले दुई सय डलर जिते र त्यो जोगाउन निद्रालाई बहाना बनाएर सुते। एक छिन पछि एक नारीले म सुतेको ठाँउमा आएर मेरो हात समाएर उठाइन। खेल्नै पर्छ भनेर दबाब दिइन। त्यो तास खेलाउने बहाना मात्र थिएन। उनको मनोबिज्ञान मैले पुरै बुझेको थिए। मैले नकार्न सकिन उनको आसय स्वीकार गरेर पुन खेले। पैसा हार्ने रिसाउदै थिए। जुन स्वभाविक थियो र हुन्थ्यो। त्यो रात तास खेलेर बितायौ।
मैले दुई सय डलर बचाए । हुन त मैले पैसा जित्नु सँग भन्दा पनि सँगै बसेर खेल्नु र हातापाइका कुरा थिए। त्यसलाइ मैले जबरजस्त स्वीकार गरेको थिए। उनिहरू कति सन्तुष्ट भए मलाइ थाह भएन। भोलि पल्ट उनिहरू काममा गए। म अमेरिका रहेको समय सम्म मेरा मित्र मार्फत ती नारी पात्रहरूले मलाइ अमेरिका बस्न दबाब दिनुस न भन्ने खवरआएको बारेमा मलाइ मेरा मित्रले भनिरहन्थ्ये । त्यसै समयमा मैले मेरा मित्रलाइ डेडलाख रूपया बराबरको डलर दिएर ऋण तिरेको थिए मैले जितेको दुई सय डलरले पनि काम गर्यो।
अमेरिका आएर फर्किने मानिस को हो ?
म अमेरिका पुगे पछि मलाइ प्रेमराजा महतले अमेरिका बस्न र नेपाल नफर्कन भने। त्यस पछिका दिनमा धेरैले प्रस्ताव गरे मेरो मन पटक्कै मानेन। मैले इन्कार गरिरहे ,घरको र परिवारको सम्झना आई नै रह्यो। मेरो अमेरिकाको बसाइ तीन महिना बित्यो केहि सेवा सुविधाहरू प्रयोग गर्न जानियो। कार्ड मार्फत घरमा फोनहुन थाल्यो। नियास्रो बिस्तारै मेटिदै जान थाल्यो। हातमा डलर आउन थाल्यो। नेपालमा मासिक रूपमाप्राप्त हुने रकम एक हप्तामा नै आउने भयो। अफिसमा ३ महिनाको बिदा स्वीकृत गरेर आएको थिए। ६ महिना बस्न पर्ने भयो फेरि बिदा स्वीकृत गर्न पर्ने भयो।
गुरमित पावलको स्टोरमा काम गर्ने क्रममा मेरा मनमा धेरै तर्कनाहरू आइरहे। बिभिन्न किसिमका शंकाले मनमा डेरा जमाउन थाले। बिशेष गरि नजिकको नदिको पानिले उचाइ लिइरहेको अनुभूति मलाइ भइरहेकोथियो। यो शंका मलाइ मात्र हुन सक्छ। दैनिकी चलिरहेकै थियो। हरि जी मा कुनैशंका थिएन। मलाइ ग्यासस्टेसनको त्रासले पनि शंका गर्ने बानिमा बडोत्तरी आएको हुन सक्छ।
यस्तो शंका गर्ने मनमा बिस्तारै परिवर्तन आइरहेको थियो। अमेरिका प्रति म सकरात्मक भइरहेको थिए।गुरमित पावलले मेरो काम र स्वभाव हेरेर एक बर्षको भिषा थप गर्न मलाइ भनिरहेका थिए।
उनले गर्ने सहयोग गर्छु भनेका थिए। अमेरिका बस्न उनले प्रेरित गरिरहेका थिए। पारिवारिक प्रसंग कोट्याउथ्ये। आफूले गरेको प्रगति भन्थे। म कहिलेकाही उनकै गाडिमा बोष्टन पुग्थ्ये। मलाइ पनि अमेरिका बस्न पर्छ कि भन्ने मनमा आइरहेको थियो। तर तीन महिना अगाडि सम्म अमेरिका बस्नु पर्छ भन्नेहरू हराउदैगए। मेरो मन उक्सिदै आयो।
साथ सहयोग कसैको पाइएन। सबै ब्यस्त भए। पैसा पनि आउने मन पनि उक्सिने भइरहेको थियो। कतैबाट प्रस्ताब आएन। मैले पुन ३ महिनाको बिदा स्वीकृत गराए। सकेसम्म म नफर्किदिए हुन्थ्यो भन्ने थियो मेरो आफ्नै अफिसमा पनि। त्यसैले बिदा सहजै स्वीकृत भयो।
फर्किदा प्रेमराजा महतलाइ भेटेर १/२ दिन त्यहि बसेर फर्कन्छु भन्ने थियो। प्रेमराजाले दिएको फोनमा फोन लागेन। मैले मेरा मित्रलाइ प्रेमराजाको निक्कै बखान गरेको थिए। तर उनले पनि भूइमा खसेको फूल जस्तैबनाए मलाइ। त्यस पछि उनको कला प्रतिको सम्मोहन भन्दा बाहेक केहि रहेन। अधिकांस मानिसहरू अमेरिका प्रवेस गरे पछि नफर्कने रहेछन।
म फर्किदा बाल्टिमोर र मेरिल्याण्ड तिर अमेरिका आएर फर्किने मानिस को हो ? भनेर हिज्जेमा सोधिने झै सोधिन्थ्यो त्यस पछि कमल खनाल भनेर नाम लिन्थ्ये भनेर निलकण्ठ शर्माले मलाइ नेपालमा भेट्दा भनेका थिए। मलाइ उनले भनेका ती शब्दले पछि सम्म छोइरहेको थियो। सत्य असत्य उनै जानुन।
स्टोर बन्द गरे
मैले गुरमितको स्टोरको कामको अनुभव समेत प्राप्त गरे। स्टोर संचालन गर्दा हेल्थ डिपार्टमेनको भूमिका,गुणस्तर र खाध्यन्नबाट मानव स्वास्थ्यका बारेमा पर्ने असरमा सरकारि निकायक कति सचेत हुन्छ भन्ने पनि अनुभव गरियो। मैले नदिको प्रबाहका बारेमा मेरा मित्रलाइ भने पत्याउने कुरै भएन मैले उल्टो भनाईखाए।
गुरमित पावललाइ पनि भने उसले पनि पत्याएन। नदिको प्रभाव र बहावको बारेमा स्थानीय बासीसबैलाइ थाह छ। यहि स्टोर २०/२५ बर्ष पुरानो रहेछ। नदिका बारेमा कतै कुनै शंका छैन। कति बर्ष सम्मपानि पर्यो हिउ पर्यो जनजीवनमा कुनै असर परेको स्थानीयहरूलाई समेत थाह छैन। स्टोर ,ग्यास स्टेसनलगायत मानबीय उपयोगका बस्तुहरू पाउने कार्यलय भवन लगायतका सबै त्यहि छन।
अक्टोवरको महिना थियो। हरेक दिन मैले एक नजर नदिको पानिमा पोख्थे। कहिले नजिकैबाट नियाल्थ्ये कहिले टाढाबाटनै आकार खोतल्थ्ये। त्यता नहेरि मेरो चित्त बुझथ्येन। अरूले बिस्वास गर्थेनन्। स्टोर पनि त्यहि ,बसाइ पनि त्यहि ,शंका पनि त्यहि सबै मिलेको थियो। हरिकुमार श्रेष्ठलाइ यी बिषयले छोएकै थिएन।
उनि अमेरिकाको बसाइ ब्यवस्थित गरेर परिवारलाइ अमेरिका ल्याउने सोचमा थिए। मुख्य चिन्ता नैपारिवारिक संरचनाको थियो। मेरो बिहानीको पालोमा स्टोर खोल्ने दिन थियो। हरिको बिहानको खाना बनाउने पालो थियो। रात भर पानि परि रहेको थियो। म मा उब्जेका शंकाहरू घनिभूत हुदै थिए। ढिलो चाडोहुन सक्ने मेरो अनुमान थियो।
त्यो बिहान स्टोर मैले खोले दुई घन्टा जति सामान्य रह्यो। पानि झम झम परेको थियो। नदिले उचाइ लिएर जमीनको लेभलमा आइ पुग्यो। पानि रोकिने छाट छैन। हरि कुमारलाइ मैले संकेत गरे सम्भावनाका कुरा गरे। अझै पत्याएनन्। पानिको लेभल बडेर स्टोरको साइडबाट बग्न थाल्यो। स्टोरमा समेत पानि पस्नथाल्यो।
मैले केहि समय पर्खे मौसम हेरे हरिलाइ हेरे त्यस पछि मैले आफ्नो निर्णय लिए। स्टोर बन्द गरे।बाहिर निस्कदा मेरो गोलिगांठा छुने गरि पानिको लेभल बढ्दै आयो। माथि उक्ले खाना खाए सानो ब्रिफकेस थियो त्यो लिएर तलओर्ले। त्यतिबेला सम्म पानिको लेभल बडेर घूडां घूडां आइ सकेको थियो। हरिलाइ जाउ भन्दा मानेन्। म निस्केर पारि पट्टिको अग्लो भागमा गएर बसे। पानि बढ्दै आयो। पानिले सडक छोप्यो। सडकको पानि बढे पछि स्टोर र जमीनको भाग पुरै डुबायो।
ग्यास स्टेसन डुबायो हेर्दा हेर्दै घरहरू डुबायो। सरकारले इमर्जेन्सी लगायो शहर पुरै इभ्याकुएट गरायो। हेलिकोप्टरबाट उद्धार सुरु भयो। सबैले शहर छोडे। हामीले रकडेल छोड्यौ।मेरो अनुमान सत्य साबित भयो। मेरो कुरामा ढिलोगरि बिस्वास गरे। मलाइ स्थानीयहरूले “यू आर भेरीक्लेभर”भने। आखिर यो परिस्थिति ५५ बर्ष भन्दा पछाडि भएको ठूलो र डरलाग्दो घट्ना थियो। अनायास हुने घट्नाको पूर्ब संकेत मलाइ भइसकेको थियो।
मेरो अमेरिका बसाई छोटियो
यी दुइवटा घट्नाले मेरो अमेरिका बसाई छोटियो। मैले बोष्टन छोड्ने निर्णय गरे। ४ महिना पछि म नर्थक्यारोलिना फर्के। बसमा यात्रा गर्ने तयारी भयो। नर्थक्यारोलिना सम्मको बस भाडा एक सय २९ डलर लाग्ने रहेछ। मलाइ बस स्टेसनमा पुर्याउने त्यहिबाट टिकट काटेर हिड्ने गरि निस्कन खोजेका थियौ।
त्यतिनै बेला कृष्ण आचार्य त्यहि आइपुगे। उनि मैले पनि चिनेका मानिस थिए। उनले प्लेनमा जानुपर्छ भने र टिकट सर्च गरे मलाइ लागेको थियो प्लेनमा ३०० जति लाग्छ। मलाइ डुबाइ दिने भए मन मनले सोचे नाइभन्न सकेको छैन। तर उनले टिकट निकाले मूल्य एक सय १९ डलरमा मलाइ बिस्वास लागेन र पुन कन्फर्म गर्न भने।मूल्य त्यति नै रहेछ। कृष्ण आए पछि १० डलर कममा प्लेनको यात्रा गरे र नर्थक्यारोलिनाका लागि हिडे। बोष्टनलाइ बाइबाइ गरे।
नर्थक्यारोलिना १० दिन जति बसेर म अशोक र बुवा गाडीमा भर्जनिया गइयो। रमा बैनीको घरमा पुगियो। दुई दिन त्यहा घुमेर डीसी सरलाको घरमा पुगियो। भर्जनियामा चिसापेग बे भन्ने १७ किलो मिटर लामो टनेलहेरियो। जुन टनेल न्यूयोर्क सम्म जोडिएको छ भन्ने सुनियो। सरलाका आउदा घुमाउने काम सिर्जना सुरैयाले गरिन उनि पनि बैनि हुन। ह्वाइट हाउस हेरियो म्यूजियम घुमियो। त्यतिवेला डि सि मा हिउ परिरहेको थियो।
अशोक र बुवा मलाइ डीसी छोडेर फर्किनु भयो। मलाइ दिपक ज्वाइले डलास एयर्पोट पुर्याउनु भयो मैले डलासबाट नेपालका लागि यात्रा गरे। लगेज पठाइयो र सुरक्षा जाँच पछि ज्वाइ फर्कनु भयो। मैले डीसीबाट कतार कतारबाट कतार एयरलाइन्सबाट काठमाण्डौ पुगे। काठमाण्डौ पुग्दा मेरो सुट्केस फुटेको थियो। सामान हरायो। त्यतिबेला अहिलेको जस्तो चेतना म मा पनि थिएन। बस्तु हराए म रित्तै घर पुगे। मैले आफूलाइ पूर्नजीवन पाएको र घर परिवार संग भेट्न पाउदा सबै दुख र क्षति भूलिदिए।
जुनको महिना थियो मैले टिकट लिइ सकेको थिए। जुनको महिना अर्थात अषाढको महिना शनिबारको दिन थियो मैले साइत गर्नु पर्ने त्यसै दिन त्यसै समयमा मेरा एक नातेदार जसले आमाको बराखि बार्नु भएको थियो। उहा सेतो ड्रेसमा हुनुहुन्थ्यो। मैले साइत गर्दामेरो अगाडि अगाडि जानु भयो। मैले केहि भनिन। नेपाली समाजमा यस्ता कुराले ठूलो प्रभाव पारेको हुन्छ।त्यतिबेला उहामा त्यो चेतना किन आएन?मैले त्यसको परिणाम मृत्यू नजिक पुगेर अनुभव गरे। हिड्दासाइतको महत्व र प्रभाव कति हुन्छ सबैलाइ चेतना भया।
र यो पनि ……