१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक यूवक पक्राउ
काठमाडौं । बलात्कारको आरोपमा प्रहरीले एक जना यूवकलाई पक्राउ गरेको छ ।
पक्राउ सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङ रहेका छन् ।
१४ वर्षीया बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका–९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै उक्त होटलकी संचालिकालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।