अमेरिकाको यात्रा निरासा र उत्सुकता
कमल खनाल
काठमाडौं/ अमेरिकाको भिषा कठिन थियो भन्ने थाह थियो। कतिपयले अमेरिकाको भिषा भाग्य माथि भरोसा गरेको सुनिन्थ्यो। डि भि पनि भाग्यबाट नै निर्धारण हुन्छ भन्ने धारणा अहिले पनि छदैछ। अमेरिकाको भिषा प्राप्त गर्ने सजिलो उपाय डि भि भर्ने र भाग्य माथि भरोसा गर्ने थियो। धेरैले डिभि मार्फत आफ्नो रहर र उद्धेश्य पुरा गरेका छन् अमेरिका पुग्ने।
म मा पनि अमेरिकाको रहर जागेको थियो अनायास नै। भिषा एप्लाई गरे। अन्तरवार्तामा जादाँ गेटपालेले भने तपाइलाई भिषा नदिए कस्लाई दिन्छ भने। मेरो मन खुसीले हो वा डरले हो जिरिङ्ग भयो। तर म भने परिणाम जे आए पनि स्वीकार गर्ने मुडमा गएको थिए। म संगै २/३ पटक अमेरिका पुगेर फर्केका मानिसहरू थिए। उनिहरूलाई अमेरिका अझै प्यारो लागिरहेको थियो। मैले पहिलो पटक अमेरिकन भिषाका लागि अन्तर्वाता दिए। गेटपालेले भने जस्तै भयो। अमेरिका प्रवेसका लागि अनुमति पाँए। २००५ मा।
२००५ जुनको महिना थियो। अमेरिकाको भिषा त पाए तर अमेरिका जाने तयारि केहि थिएन। अमेरिका जाने अनुमति घरको पनि चाहिन्थ्यो। उद्धेश्य विहिन अमेरिकाको यात्रा किन गर्ने मनमा धेरै कुरा खेले। रकमको जोहो गर्न निक्कै मिहनत गर्नु पर्थ्यो। घर परिवार छोड्नु पर्थ्यो। जागिरको ब्यबस्थापन गर्नु पर्थ्यो।
अमेरिकामा गएर के गर्ने भन्ने न मनमा थियो। अमेरिका पुग्ने धेरै मानिसहरू उतै हराएका र अमेरिकामा शरणार्थीको जीवन स्वीकार गरेर बसेका बारेमा धेरै सुनेको थिए। मेरो परिवार, घर र जागिर मेरो मानसिक प्रभावका क्षेत्र थिए। अर्को तर्फ संचित बजेट उद्धेश्य बिहिन लगानिका लागि अनुमति हुदैन्थ्यो। अमेरिका जाने उद्धेश्य निर्माण नभएको अवस्थामा अन्य नेपाली हरूले जस्तै मैले गर्न मिल्ने र सक्ने अबस्था थिएन। भिषा पाएको खुशियालीमा धेरै दिन बिते। धेरैले बधाई पनि दिए। कतिपयले बेकुफीको अलंकार समेत भिराए। भिषालाई पैसामा समेत तुलना गरेर मलाई जान प्रेरित गर्नेहरू पनि थिए।
पारिवारिक सल्लाह धेरै भयो। जागिर मिलाउने र एक पटक गएर आउने निष्कर्ष निस्क्यो। जागिरको अवधिमा कमाएको पैसा बिना उद्धेश्य खर्च हुनेमा म चिन्तित थिए। त्यो पैसाले छोरा छोरीको स्कुल र कलेजको फि र संचयकोषको ऋणको किस्ता तिर्न पुग्ने रकम खर्च हुदै थियो। मेरो मन धेरै दोधारमा थियो। परिवारको स्वीकृति भए पनि निर्णय मैलेनै गर्नु पर्ने थियो। आवेग र खुशी दुवै मेरा लागि अनुकुल थिएनन्। अमेरिका जानका लागि पैसा दिन्छु भन्ने साथिलाई पैसा नलिइकन धन्यबाद दिएर पठाए। चिनेजानेकाहरूको दबाव थियो अमेरिका जान।
मेरो परिस्थिति अनुकुल नहुदा नहुदै पनि भाग्य माथि खेलबाड गर्न सकिन र अमेरिका जाने निर्णय गरे। टिकटको जोहो गरे। एकजना मित्रले उनको बैदेशिक यात्रका क्रममा पाउने सुबिधामा एउटा अन्तराष्ट्रिय उडानको टिकट उपलब्ध गराउने आस्वाशन दिए तर मिलाउन सकेनन। उनको आस्वाशनलाई पनि धन्बाद दिए। आफ्नै बुतामा टिकट को ब्यबस्था मिलाए २००५ जुलाइ ९ शनिबरका लागि।
२००५ जुलाई ९ शनिवार दिनको २ बजे घरबाट निस्कने साहित थियो। बिहानको समय सामान मिलाएर बित्यो। भाइ पनि आइपुगेको थियो। भान्जी ज्वाइले आफ्नै सालीका लागि सुनको सामान लिएर आउनु भयो। मैले सामान राखे। ज्वाइले पनि मेरो यात्राको सफलताको कामना गर्नु भयो। हामी घरबाट निस्कियौ। मेरो अगाडि ज्वाई निस्कनु भयो। ज्वाई आमाको बर्ष दिनको बराखीमा हुनुहुन्थ्यो। सेतो कपडामा लगाउनु भएकोथियो। नेपली प्रचलन अझै पनि छ बराखी बारेका सेतो कपडा लगाएका मानिस साइतका बेला देखिएमा राम्रो हुदैन। बिरालोले बाटो काटेमा राम्रो हुदैन। यो मान्यता रहिआएकै छ।
एयरपोर्ट सम्म भाइ पुग्यो। छोरा छोरी र श्रीमतिलाई नरमाइलो लाग्नु स्वभाविक थियो। मलाई पनि त्यस्तै भइरहेको थियो। अमेरिका जानुपर्छ भनेर गइयो रमाइलो मानेर होइन। मलाइ एयरर्पोट पुगेपछि झन मनमा धेरै कुरा खेल्न थाले। बेलुकाको ६ बजे कतार एयरलाइन्सको उडानबाट अमेरिकाका लागि उडियो। मनमा अनेकन तर्कना हरू खेलिरहे। पहिलो उडान ,एक्लो यात्रा, लामो बाटो र ज्ञानको अभाव थियो। नदीको पानी झै बगिरह्यो मेरो मन।
ट्रान्जिट कतारमा थियो। नौलो र एक्लो अनुभबका बीच कतारको ट्रान्जिटमा मेरा एक पुराना कलेजका मीत्र जो पछि नेपाल सरकारको मन्त्री समेत भए। उनिसँगको मेरो भेट हराएको बस्तु पाए सरह भयो। उनि बेलायतबाट फर्किएका थिए। त्यतिबेला उनको साथि ल्यापटप भइसकेको रहेछ। भौतिकरूपमा करीव २ घन्टा बितायौ। लामो समय भएको थियो भेट नभएको कलेज जीवन पछिका दिनहरू सबैकालागि दुरूह हुन्छन्। त्यस्तै थियो हाम्रो पनि।
केहि समयको बिस्मृति पछि पुन पुरानै रोग बल्झियो। आखाले रमाइलो खोजिरहेको थियो। मनमा भने असंख्य पुन्जहरू चलमलाइ रहेका थिए। त्यो रात कतारको ट्रान्जिटमा बित्यो। कतारको उज्याले सँगै मेरो बोर्डिङ्ग हुनुपर्थ्यो भएन। सुचना दिएको थियो होला मैले थाहा पाइन। २ घन्टा जहाज ढिलो भइसकेको रहेछ। मलाइ लागिरहेको थियो मेरो अज्ञानताले जहाज छुट्यो कि तर होइन रहेछ। जहाज बिग्रिएर मर्मत भइरहेको रहेछ। २ घन्टाको ढिलाइ पछि अमेरिकन डेल्टाएयरले बोडिङ्ग गरायो। अब मैले बिस्तारै नेपाली मन मष्तिश्कलाई भुलेर अमेरिकाको कल्पनामा तरंगित भइरहेको थिए। कस्तो होला कसरी, पुग्ने होला बिभिन्न सोचहरू मनमा उम्म्रिरहे।
अर्को ट्रान्जीट अमेरिकाको नेवार्कमा थियो। जहाज कतारको भूमीबाट बच्छेद भयो। एट्लान्टिक ओसन प्रवेस गर्यो जहाजले। जहाज एक रफ्तारसँग अगाडि बडिरह्यो। दिनको समय थियो। ओसन ,ओसन माथि ढुस्सिएको कालो र सेतो मिसिएको बादल ,बादलमाथि जहाज। १४ घण्टाको निरंतर यात्रा , यात्रामा नौलो अनुभव संगालिरहेको थिए। अमेरिकाका दृश्यहरू मेरा आंखामा आइरहेका थिए। तर ती सत्य थिएनन्। अमेरिका अर्कै थियो। मेरो कल्पनाको अमेरिका अर्कै थियो। त्यतिबेला अमेरिकामा कतार एयरलाइन्सको उडान थिएन। अर्थात अमेरिका जान अमेरिकन एयरलाइन्स मात्र प्रयोग गर्नु पर्थ्यो। कारणहरू धेरै होलान।
१४ घण्टाको रोमान्चित यात्रा पुरा गर्यो डेल्टा एयरलाइन्सले नेवार्कको अन्तराष्ट्रिय एयरपोर्टमा अवतरण गर्यो। जहाजबाट ओर्लेर इमिग्रेसनमा पुगेर क्लियरेन्स हुने बित्तिकै मलाइ बसपार्कका दलालहरूले जसरी नै हतार हतार गरेर जहाजमा पुर्याए। जहाजमा पछाडिको एकसिट मात्र बाँकी रहेछ। किन यस्तो भयो मैले बुझ्न खोजे। मेरो स्क्याजुअल अनुसारको जहाज छुटिसकेको रहेछ। त्यो पनि केहि समय ढिला भएको भए छुट्ने रहेछ। छुटेको भए के हुन्थ्यो र गर्थ्ये म केहि भन्न सक्दिन। अब मैले २ घण्टाको जहाजको यात्रा सुरू गरे आर डियूकालागि। मैले त्यतिवेला मात्र जहाज छुटेकोथाहा पाए जतिबेला आरडियू पुगे। अशोक रबुवा मलाइ रिसिभ गर्न २ घण्टा देखि कुरिरहनु भएको रहेछ। नेवार्कबाट उड्दा नै रातको ९ बजिसकेको थियो। ११ बजे जहाजले आरडियूको डोमेस्टिक एयरपोर्टा अवतरण गर्यो।
जहाजबाट ओर्लेर लगेज कलेक्सनमा गए मेरो लगेज छुटेछ। आएन अशोकसँग भेट हुन अझै ढिला भयो। म लगेजका बारेमा अन्योलमा थिए। म एयरलाइन्सको इन्क्वारीमा पुगे र लगेज पाइन भने। उनिहरूले मेरो अमेरिकामा बस्ने एड्रेस लिए र मलाइ एउटा सानो मन्जन, ब्रस ,सानो टावेल र सेभिङ्ग क्रिम सहितको सानो ब्याग दिए। म त्यहाबाट निस्किए।
अशोक र बुवा सँगैघरतिर लागियो। भोलिपल्ट पनि लगेज आएन, पर्सिपल्ट पनि लगेज आएन। म निरास भए। लगेजमा ज्वाँइले सरलालाई पठाएको सुन पनि थियो। अशोकले मलाई सान्त्वना दिदै लगेज पाइन्छ भनेर ढुक्क बनाए। मैले मेरो मनलाई आस्वस्त बनाउन सकिन। अर्को दिन देखि घुम्न हिडियो। अशोकका कपडा लगाएर। लगेज नपाइए क्षतिपूर्ति दिन्छ अशोकले भने। म ढुक्क भए। एक हप्ता पछाडि हामी घर नभएको समयमा घरकोमूलढोकामा लगेज देखियो। म आश्चर्यमा परे सातौ दिनमा लगेज घर आइपुग्यो। सामान दुरूस्त रहेछ। अनि मलाई लाग्यो अमेरिका किन महत्पूर्ण बनेको रहेछ।
काठमाण्डौ अमेरिकन एम्बेसीले ३ महिनाको इन्ट्री भिषा दिएको थियो। नेवार्कको इमिग्रेसनले ६ महिनाको लागि अमेरिका बस्ने अनुमति दिएको रहेछ। घर पुगे पछि बुवाले पास्पोर्ट माग्नु भयो। हेर्नु भयो ६ महिनाको भिषा दिएछ भन्नु भयो। मलाइ आश्चर्य लाग्यो। नर्थक्यरोलिनाका मुख्य ठाँउहरू घुमियो। नर्थक्यरोलिनाको करिव १५ दिनको बसाई पछि म २७ जुलाई २००५ मा म बोष्टनका लागि जहाज चडे। जहाजले बिहानको पहिलो उडान २००डलरमा गराउदो रहेछ। त्यस पछाडिका उडानका लागि ४००डलर तिर्नु पर्ने रहेछ। उडानको समय २ घण्टाको रहेछ। बोष्टनमा मेरा पुराना मित्र जोसँग हाम्रो पारिवारिक सम्बन्ध पनि थियो। उनै मित्रको निमन्त्रणामा म बोष्टन गएको थिए।
क्रमस………..।
र यो पनि