न्यूयोर्कमा एक रात
कमल खनाल
२९ डिसेम्बर २०२१ मा अमेरिकाका लागि टिकट थियो। त्यसै दिन बेलुका ७ बजे घरबाट साइत गरियो। भाईहरू माधब र केदार लगेज चेक जाच हुने ठाँउ सम्म पुगे। हामी जाँदा सबैलाइ नरमाइलो र एक्लो महसुस स्वभाविक थियो र भएको पनि थियो।
बिशेष गरि आमा दिदी बहिनी र भाइहरू अलि चिन्तित भएको मलाइ अनुभव भइरहेको थियो। जादा टर्किस एयरलाइन्सको जहाजको टिकट थियो। ट्रान्जिट टर्किमा ५ घन्टा थियो। कल्पना र कृष्टिनाको अमेरिकाको लागि यो पहिलो उडान थियो। उनिहरूमा अमेरिका प्रतिको उत्सुकता अधिक थियो र स्वभाविक पनि थियो।
कल्पनाले त पहिला नै अष्ट्रेलिया र बेलायतको अनुभव लिइसकेकि थिइन्। कृष्टिनाका लागि यो उडान सर्वथा नौलो र लामो थियो त्यसैले उनलाई उत्सुकता हुनु स्वभाविक थियो। फेरि संसारका मानिसहरूको मुखमा सजिलै आउने नाम हो अमेरिका।
हिन्दी सिनेमामा हिरोले जहाजबाट झर्दा होस वा हिरोनीले जहाज चड्दा होस अमेरिका भनिएको एउटा सिन राखिएको हुन्छ। हिन्दी फिल्महरूमा अमेरिकाको प्रभाव परेको देखिन्छ। नेपालीहरूमा पनि अमेरिकाको प्रभाव बेसी नै परेको पाइन्छ। संसारका सबै मानिसहरूलाइ एकपटक पुग्न पाए हुन्थ्यो भन्ने मुलुकमा पर्थ्यो अमेरिका।
टर्कीबाट १४ घन्टाको लामो उडान सुरू भयो हाम्रो।एट्लानटिक ओसन माथिको त्यो पट्यार लाग्दो यात्राले कहिले निद्रा लगाउथ्यो कहिले निद्रा खुलाउथ्यो। एट्लानटिक ओसन संसार कै दोस्रो ठूलो ओसन हो।
समुद्रमाथिको यात्रा समुन्द्र कतै देख्न पाइएन् साहारा मरूभूमि माथि जहाज उडिरहेको भान हुन्थ्यो समय वा मौसमको करणले होला। कालो र सेतो मिसिएको गुजुल्टिएको बादल भित्र र बाहिर गर्दै जहाज अगाडी बडिरहेको थियो। बादल माथि माथि उडेर अमेरिकाको भूमिमा प्रवेश गर्यो टर्की एयरलाइन्सले।
जेएफके अन्तराष्ट्रिय बिमानस्थलमा ल्यण्डिगंका लागि संकेत गर्यो। त्यहा हाम्रो कनेकटिगं फ्लाईट थियो आर डियूका लागि। त्यस समयमा सर्वथा नयां रोग कोरोना भाइरसको प्रकोप संसार भर थियो। कोरोना भाइरसले लाखौ मानिसको ज्यान लगिसकेको थियो। कोरोनाले २०१९/२०२० सम्म पुरै संसार अध्यारो बनाएको थियो। मानिसहरूले बन्दी जीवन बिताइ रहेका थिए। रोग र भोकले मानिसहरू तड्पिरहेका थिए। कतिपय समयसम्म त संसार भर हवाइ उडानहरू पनि बन्द थिए। धेरैको पारिवारिक बिछोड भयो रूवाबासी चल्यो।
ती दिनहरूको कल्पना पनि गर्न सकिदैन अहिले। हावासरी संसार भर फैलिएको कोरोनाको प्रारम्भ चीनबाट भएको थियो। एटमबमको प्रभाव भन्दा ज्यादा प्रभावशाली रह्यो कोरोनाको प्रभाव। त्यतिवेलाको हवाइ उडानमा कोरोना भ्याक्सिन लगाएको त्यो पनि डबल डोज लगाएको हुनु पर्थ्यो। हामीसंग भ्यक्सिन कार्ड थियो। जब हामी न्यूयोर्कमा अवतरण गर्यौ। हामीले लगेज त्यहि रिसिभ गरेर लगेजलाइ आरडियूको काउन्टरमा जिम्मा लगायौ।
ट्रान्जिटको समय बिताउने बहानामा एयरपोर्टका दृश्यहरू आंखामा समेटि रहेका थियौ। अचानक आन्तरिक उडान त्यो पनि आरडियू लगायतका १०/१२ उडान रद्ध भएको खवर आयो खवर सँगसँगै समस्या पनि आयो। अब अर्को फ्लाईटको टिकट ब्यबस्था गर्नु पर्ने भयो। कृष्टिना टिकट काउन्टरमा कुरा गर्न गइन।
टिकट काउन्टरमा मानिसको भीड जम्मा भइसकेको थियो लाइन लामो थियो। धेरै समयको कोशिस पछि भोलिपल्टका लागि त्यो पनि बेलुका ९.३० बजेका लागि टिकट कन्फर्म भयो। फ्लाइट क्यानसिल भएको म्यासेज सम्बन्धित ट्राभल एजेन्सीलाइ दिइसकेको रहेछ एयरलाइन्स अथोरिटीले। हामीलाइ राजेन्द्र भाई जो हामीले टिकट खरिद गरिएको ट्राभल्सका मालिक थिए। उनले सूचना नदिदा हामीलाइ समय र पैसाको नोक्सानी भयो। फ्लाइट क्यान्सिल हुदां हामीलाइ तनाव भयो।
नर्थक्यारोलिनाको उडान अव अर्को दिन रातको ९.३० कालागि कन्फर्म भयो। तर समय धेरै बितिसकेको थियो। न्यूयोर्कमा बस्नुको कुनै बिकल्प थिएन। उता नर्थक्यारोलिनामा अशोक र राधिकाहरूले तनावमा रात विताए। हामी पनि तनानमा थियौ। न चिनेको,नबुझेको ठाँउ फेरि रातले छोपिसकेको थियो हामीलाइ।
न्यूयोर्क सुतेको थिएन सुत्ने फुर्सद थिएन न्यूयोर्कलाइ। तर हामी भने तनावमा थियौ।मैले एयरपोर्टबाट केहि चिनेका मानिसहरूलाई फोन गरे फोन उठ्यो तर आउन नसक्ने बहाना प्रसस्त देखाए। अबर परेको बेलामा सहयोग नगर्ने मनहरूलाइ सलाम ठोकियो।
ती शब्दहरूले अहिले पनि मेरा ओठमा तितो दलेको राग आइरहन्छ। हामीले बडो कष्टका साथ त्यो रात होटलमा बितायौ। एउटा उभर लिएर होटल खोज्दै हिड्यौ हाम्रो कुनै निर्णय थिएन। उभरले जहा लान्थ्यो त्यहि गैयो जे भन्थ्यो त्यहि मानियो। उ नै हाम्रो सहयोगी भयो। उसले हामीलाई सदभावले काम गरे पनि ,पैसाले काम गरे पनि ,काम गर्यो ,सहयोग गर्यो उसले।
बर्षौ देखिको चिनजानले काम गरेन। उभरले लगभग एक घन्टा जति घुमायो होटल होटलमा लग्यो ठूलो सहयोग गरेको अनुभूति भइरह्ययो। कोभिडका कारणले फ्लाइट क्यान्सिल हुदा होटल पुरै प्याक रहेछन।
एउटा कोठा खालि भएको समयमा हामी पुगेछौ र त्यो रात हाम्रा लागि महत्पूर्ण बन्यो। अब हाम्रो चिन्ता कम भयो। खाना बाहिरबाट मगाएर खाइयो र सुतियो। उसले मागेजति पैसा दियौ। पैसा पनि धेरै नै लगेको रहेछ। भोलिपल्ट थाह भयो एयरपोर्टको वांकिगं डिस्टेनसको होटल रहेछ।
उभरवालाले हामीलाई राम्रैसंग चिनेछ।अमेरिकामा मलाइ नजिकबाट माया गर्छन भन्ने मानिसले मलाई सहयोग गरेनन्। त्यो उनिहरूको बिवसता पनि हुन सक्छ। अमेरिकामा सबै ब्यस्त हुन्छन्। हामीले नेपाल जस्तै ठान्यौ र फोन गरयौ। उनिहरूले बिभिन्न बहाना गरे ,बाहाना सत्य पनि हुन सक्छ तर आएनन्। अवर पर्दा नपाइने सहयोग कहिल्यै काम लाग्दैन। अबस्था नबुझ्ने र ब्यबस्था नमिलाउनेहरू कहिल्यै आफ्ना हुदैनन्। त्यस्तै भयो न्यूयोर्कमा।
भाइ केदार र श्यामले हाम्रोलागि ठूलो सहयोग गरे। पदम भाइ न्यूयोर्कमा बस्ने रहेछन मलाई थाहा भएन श्याम र केदार भाइहरूले त्त्यसै रात कन्ट्याक गराए पदमलाइ उनि हाम्रो मावली गाउका थिए। केदार र श्यामको त जिग्रीदोस्त नै थिए।
पदम हामीलाइ लिन होटलमा भोलि पल्ट बिहानै आए। ६ बजेको थियो होला। हाम्रो बेलुका ९.३० को फ्लाइट थियो।पदम भाइले हामीलाइ न्यूयोर्कका नाम सुनेका ठांउ घुमाए।फ्लाइट क्यान्सिल नभएको भए आजसम्म ती ठाँउहरू घुम्न पाइन्थ्यो पाइन्थेन तर हामीलाई रमाइलो दिलाए उनले। त्यो दिनको खाना पदम भाईसँग खाइयो।
उनिसँग मेरो चिनजान पुरानो भएपनि भेट नभएको बर्षौ भएको थियो। उनि न्यूर्योकमा भएको जानकारी मलाइ थिएन। फेरि न्यूर्योक हाम्रा लागि चासो र चिन्ताको बिषय पनि थिएन हामीसंग कनेक्टिगं टिकट थियो। समयले हामीलाइ समस्याको समाधान गर्न सक्ने कला सिकाइ रहेको थियो।
कुनै पनि यात्रा बैकल्पिक सोच सहितको हुनु पर्छ भन्ने राम्रो सन्देस दिएर गयो समस्या। पदमले हामीसँग आफनै परिवारको सम्बन्ध राखे। दिनभरिको घुमाई पछि जेएफके को डोमेस्टिक टर्मिलन भवनमा पुर्याएर बिदा भए। पदमसँग पछिसम्म फोनमा कुरा भइरहन्थ्यो। उनि संघर्ष गरेर न्यूयोर्कमा स्थापित भैसकेका थिए। न्यूर्योकमा उनको बाजेको सेकुवा नामको नाम चलेको ठूलो रेष्टुरेन्ट रहेछ।
हामी ९.३०को फ्लाइटबाट आरडियू का लागि उड्यौ। रातको ११.५० मा आरडियू मा पुग्यौ। हामी त्यहाँ पनि सामानको बारेमा अलमलमा परयौ। सोधपुछ गर्दा हाम्रो लगेज अगिल्लो दिनको फ्लाइटमा आइसकेको रहेछ। सामान चेक गर्यौ र बुझ्यौ।
भाई अशोक हामीलाइ लिन आए र आफ्नै घरमा लगे। त्यो रात अशोकको घरमा बसियो। राधिकाहरू हामी आउछौ भनेर खाना पकाएर १२ बजे रातीसम्म कुरेछन्। सुचनाको कमीले यो घट्ना घटेको थियो। अर्को दिनको बिहानको खाना खाएर सामान लिएर राधिकाहरू बसेको अपार्टमेन्टमा पुग्यौ।
दिनको ११ बजेको थियो ,अशोकलाई धेरै दिन देखिको तनाव शान्त भएको अनुभूति उनको अनुहारले दिइरहेको थियो। अमेरिकाको करिब ९ महिनाको बसाई पछि हामी नेपाल फर्कन पर्ने भयो। नेपालमा आमाको अष्ट्रेलिया जाने कार्यक्रम बनिसकेको थियो,भिषा लागेको थियो।
आमाको चाहना म संगै जाने थियो। मेरो पनि आमालाई लिएर जाने र संगै फर्कने थियो। त्यसैले मैले अमेरिका चाडै छोड्नु थियो र नेपालबाट अष्ट्रेलियाको लागि भिषा एप्लाई गर्नुपर्ने भएकोले पनि म नेपाल फर्कनुनै थियो र नेपाल फर्के।
अष्ट्रेलियाकालागि भिषा एप्लाइ गरे। मेरो सोच हप्ता दिनमा भिषा आउछ भन्ने थियो तर महिनौ दिन बित्दा पनि भिषा आएन आमा मेरो भरोषामा हुनुहुन्थ्यो। मलाइ अष्ट्रेलियाले भिषा दिएन। मलाइ आश्चर्य लाग्यो म दुइ पटक अष्ट्रेलिया पुगेको छु एक पटक भिषा लगाएर पनि गएको थिइन।
दिदी भिनाजुले पनि अष्ट्रेलियाको भिषा पाउनु भयो। आमालाइ दिदीसंग पठाउने निर्णय भयो। आमा र दिदी सँगै जानु भयो। मलाई नाति अबिकलाई भेट्ने रहर थियो नातिनी तनिसासँग घुम्ने रहर थियो। परिस्थिति यसरी बिग्रियो कि अष्ट्रेलिया मेरालागि सहज बनेन मेरा रहरहरू सबै सुटकेषमा कपडा प्याक भए जस्तै भए।
यो पनि हेर्नु होला