त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन, दुई घण्टापछि उडान सुचारु
काठमाडौं । सर्भर डाउनका कारण दुई घण्टा अवरुद्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुन शुरु भएको छ।
अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अन्तर्राष्ट्रिय उडान अवरुद्ध बनेको थियो।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको बताए।
दुई घण्टा उडान अवरुद्द हुँदा विमानस्थलमा भिड बढेको र त्यो समान्य हुँदै गएको ठाकुरको भनाई छ।
केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ ।
महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए । उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे ।