भर्जिनिया राइनोजलाई क्यानडामा सम्पन्न हिमालयन डायनामोज–बल्टी सकरको उपाधि
ब्राम्टन, क्यानडा / अमेरिकाको भर्जिनिया राइनोजले क्यानडामा सम्पन्न तेस्रो हिमालयन डायनामोज–बल्टी सकरको उपाधि जितेको छ ।
ब्राम्टनमा शनिवार भएको फाइनलमा टोरोन्टोको टीएनएससीलाई २-१ गोलले हराउँदै भर्जिनिया राइनोज उपाधि जित्न सफल भएको हो ।
टोरोन्टोले एक शून्यको अग्रता खेर पठायो । टोरोन्टका लागि प्रकान्त श्रेष्ठले गोल गरेका थिए। तर भर्जिनियाका प्रदीप धर्तीले बराबरीको गोल गरे पछि पहिलो हाफ एक एक गोलको बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफको शुरुमा भर्जिनियाले पेनाल्टीको अवसर खेर फालेको थियो । तर अन्तिम समयमा सरोज थापाले गोल गर्दै टिमलाई जित दिलाएका थिए।
४० वर्ष उमेर भन्दा माथिका खेलाडीले भाग लिएको प्रतियोगितामा क्यानडा र अमेरिकाका ८ टोली सहभागी थिए ।
विजेता भर्जिनिया राइनोजले पाँच हजार क्यानेडियन डलर नगद, ट्रफी र पदक प्राप्त गर्यो भने उपविजेता टीएनएससी टोरोन्टोले २५ सय क्यानेडियन डलर नगद र पदक प्राप्त गर्यो।

व्यक्तिगत विधातर्फ भर्जिनिया राइनोजका विज्ञान श्रेष्ठ उत्कृष्ट रक्षक, राजीव श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा ज्याक्सन सुनार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।

हिमालयन डायनामोजले प्रतियोगिताको आयोजना गरेको हो ।
मुख्य फोटो : ज्याक्सन सुनुवार

















