शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित

काठमाडौं/ टेबलटेनिस वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् ।
गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी भएका थिए । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराए । गौतम दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव पनि हुन् ।
गौतमले अब दक्षिण एशियाली प्रशिक्षण केन्द्र नेपालमा स्थापना गर्नका लागि पहल गर्ने बताएका छन्। समाज टाइम्स सँग कुरा गर्दै गौतमले भने, ‘अन्यदेशहरुमा भिषाको समस्या हुन्छ, मुख्यतय भारत र पाकिस्तानका खेलाडीले एक अर्को देशमा जाँदा नेपाल न्यूटलभेनु हुन्छ त्यस कारण मेरो प्रयास नेपालमा प्रशिक्षण केन्द्र स्थापना गर्नमा हुन्छ। ‘