यूएई सँगको अन्तिम खेल पनि नेपालले जित्यो, श्रृंखला २-१ले नेपालको पक्षमा
काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएको खेलमा नेपालले शुक्रवार युनाईटेड अरब ईमिरेट्स (युएई) लाई ६ विकेटले हराएको छ। यूएई बिरुद्ध लगातार दोस्रो जित सँगै तीन खेलको श्रृखला नेपालले २-१ ले आफ्नो पक्षमा पारेको छ।
कीर्तिपुर मैदानमा शुक्रवार ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारी पछि नेपालको जित सहज भयो।
यूएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर एक बलमा चार विकेट खर्चेर पुरा गर्यो।
शुक्रवार सम्पन्न श्रृङखलाको निर्णायक खेलमा नेपालका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आसिफले अविजित ८८ रनको इनिङ खेले ।
उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय २२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए ।
यूएईको बलिङमा हजरत बिलाल आर्यान अफ्जल खान यसअघि, ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको थियो ।
तीन ओभरको समाप्तिमै महत्त्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाएका थिए ।
यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।
३१.१ ओभरमा यूएई ९३-९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएका आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्त्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।
नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई÷दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।
तीन खेलको श्रृङखलामा पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराउँदै श्रृङखला बराबरी गरेको थियो ।