यस्तो छ,आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।














