गाँजा अहिले ‘बिग बिजिनेश’ भयो, हामी पुरानै मानसिकता नबस्ने हो कि : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।
सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अहिले गाँजा बिग बिजिनेस भएको पनि बताए ।
उनले भने ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानून बनायौं, रोक्यौं । यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’
यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताए ।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संघीय संसद्मा जवाफ दिँदै डां महतले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नकै लागि नेपालमा सार्क मुलुककै भन्दा कम कर रहेको उल्लेख गरे ।
‘सार्क मुलुकहरुमा समेत विद्युतीय सवारी साधनमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै छ। भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरीकि डलरसम्मको लागि ६० प्रतिशत र सो भन्दा बढि मूल्यको हकमा १०० प्रतिशत रहेको छ भने पाकिस्तानमा ५० प्रतिशत,बंगलादेशमा सवै प्रकारको कर गरेर करिव ९० प्रतिशत र श्रीलंकमा ५० किलोवाट सम्मका लागि १५ प्रतिशत भन्सार र प्रति किलोवाट १५ हजार अन्त:शुल्क लाग्ने व्यवस्था रहेको देखिन्छ।’ डा. महतले भने ।