जोमसोमबाट पोखरातर्फ आइरहेको यात्रुबहाक बस कालिगण्डकी नदीमा खस्यो : १७ जना घाइते
काठमाडौं । कालिगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् ।
बुधबार विहान जोमसोमबाट पोखरातर्फ आइरहेको यात्रुबहाक बस मुस्ताङको थासाङ ३ धम्पुमा दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् ।
घाइते मध्य १३ जनालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । ४ जना सामान्य घाइतेको मुस्ताङमै उपचार भइरहेको छ । घाइते हुनेमा दुइजना भारतीय नागरिक समेत छन् ।