महाशिवरात्रिमा दर्शनार्थीहरुलाई पासको व्यवस्था : पशुपति विकास कोष
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले कोषको तर्फबाट दर्शनार्थीहरुलाई सहजता प्रदान गर्न पासको व्यवस्था गरेको बताए ।
महाशिवरात्रिको लागि बुधवार पशुपतिमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उनले महाशिवरात्रि पर्व २०७९को अवसरमा दर्शनार्थीहरुलाई सहज र सुरक्षित तरिकाले छिटो छरितो दर्शन गराउने भएको बताएका छन् ।
सुरक्षा निकाय, विभिन्न धार्मिक सामाजिक संघसंस्थाहरु, सेवा प्रदायक सरकारी एवं गैरसरकारी, निकायहरु, स्वतः स्फूर्तरुपमा खटिने स्वयंसेवकहरु सबै दर्शनार्थीहरुलाई सहज र सुरक्षित तरिकाले छिटो छरितो दर्शन गराउने मै केन्द्रित हुनेछ ।
महाशिवरात्रि पर्वमा लाखौको संख्यामा आउने दर्शनाथी एवं भक्तजनहरुको संख्यालाई मध्यनजर राखी नेपाल सरकारने निर्धारण गरेका सुरक्षा एवं स्वास्थ्यका समेत मापदण्डलाई पालना गर्दै समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले देहाय अनुसारका उपसमितिहरुको गठन गरी कार्य विभाजन सहित विभिन्न तयारी गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले प्रेस विज्ञप्ति सार्वनजनीक गर्दै पशुपति क्षेत्रमा परम्परागत रुपमा मनाइने विभिन्न पर्वहरु मध्ये महाशिवरात्रि विशेष महत्वपर्व रहेको हुँनाले सोही अनुसारको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद तयार रहने उल्लेख गरेको छ ।
सुरक्षा दिने काम नेपाल सरकारको पनि भएको हुनाले सरमारले पनि दर्शनार्थी भक्तजनहरुलाई सुरक्षा व्यवस्था नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिने भएको छ ।