घरमा ग्यास सिलिण्डर विस्फोट हुदाँ कांग्रेस नेता चन्द्र भण्डारी घाइते
पेन्सिलभेनिया,अमेरिका / नेपाली कांग्रेसका नेता तथा संघीय सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोट हुदाँ घाइते भएका छन्।
काठमाडौं बुद्धनगर स्थित निवासमा केही समय अगाडि घटना भएको भण्डारीका स्वकिय सचिव भुवन भुषालले जनाएका छन्।
गुल्मी निर्वाचन क्षेत्र न १ बाट भण्डारी सँगै घटनामा उनीकी आमा घाइते भएको जनाइको छ।
घाइते दुबै जनाको कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ।
डाक्टरहरुका अनुसार भण्डारीको शरिरको करिब २५ प्रतिशत उनकी आमाको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ ।
यसै बीच कांग्रेस महामन्त्री विश्व प्रकास शर्माले आफुले भर्खर मात्र घाइते भण्डारीले अस्पतालमा भेटेर फर्किएको जनाएका छ।
‘अस्पतालबाट भर्खर फर्किएको छु !’ महामन्त्री शर्माले लेखेका छन्,’ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेको छ l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु l’