निलम्बन फुकुवापछि राष्ट्रिय टीममा फर्किदै सन्दीप बन्द प्रशिक्षणमा बोलाइयो
काठमाडौं । नाबालिका बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेसंगै उनलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छनोट समिति संयोजक दीपेन्द्र चौधरीले जानकारी दिए ।
निलम्बन फुकुवा भएपछि, सन्दीपलाई खेल्ने बाटो खुलेको भन्दै चौधरीले बन्द प्रशिक्षणमा बोलाइएको बताए ।
यसैबीच सन्दीपले आजै त्रिवि मैदानमा पुगेर केहीबेर अभ्यास गरेका छन् ।
आगामी महिना आईसिसी विश्वकप लिग—२ अन्तर्गत नेपालले घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय श्रृखला खेल्दैछ ।
सन्दीप लामिछानेलाई थुनामै राख्न सर्वोच्चमा मुद्दा, क्यानबाट भने निलम्बन फुकुवा