सन्दीप लामिछानेलाई थुनामै राख्न सर्वोच्चमा मुद्दा, क्यानबाट भने निलम्बन फुकुवा
काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई पुन थुनामै राख्न माग गर्दै सर्वोच्चमा मुद्दा परेकै दिन नेपाल क्रिकेट संघ (क्यान)ले उनी माथिको निलम्बन फुकुवा गरेको छ।
पोखरामा मंगलवार बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको जनाएको छ। यद्यपी क्यानले औपचारिक रुपमा यो निर्णय बाहिर ल्याएको छैन्।
सञ्चारमाध्यम सँगको अनौपचारिक कुराकानीमा एक सदस्यले बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय भएको बताएका हुन्।
सन्दीपको निलम्बन कै बारेमा निर्णय लिन पदाधिकारी पोखरा जम्मा भएका थिए।
राष्ट्रिय क्रिकेट टिमका तत्कालिन कप्तान सन्दीय नाबालिका बलात्कारको आरोपित हुन्। उनी माथि संगिन आरोप लागे पछि क्यानले भदौ २३ मा निलम्बन गरेको थियो। त्यसको दुई दिन अगाडि सन्दीप माथि प्रहरीमा उजुरी परेको थियो।
जुन समय सन्दीय नेपाल बाहिर थिए। राष्ट्रिय टिमबाट खेल्दै गर्दा उजुरी परेको एक महिना पनि आत्मसमर्पणका लागि उनी नेपाल फर्किएका थिए। सन्दीपलाई प्रहरीले विमान स्थलबाटै पक्राउ गरेको थियफ
अहिले सन्दीप विभिन्न सर्त सहित धरौटीमा रिहा भएका छन्। उनलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।
तर, उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न गत पुस २८ गते आदेश दिएको थियो ।
उच्च अदालतको आदेश विरुद्द मंगलवार नै सर्वोच्च अदालतमा निवेदन परेको छ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।