अमेरिकामा नृत्य कक्षा सञ्चालन गर्दै बिकास घले गुरुङ
पेन्सिलभेनिया,अमेरिका / चर्चित नृत्य निर्देशक बिकास घले गुरुङले अमेरिकाको पेन्सिलभेनियामा नृत्य कक्षा सञ्चालन गर्ने भएका छन्।
पेन्सिलभेनियाको कार्लिसमा रहेको डिस्का कराते डोको हलमा गुरुङले नृत्य कक्षा संचालन गर्ने भएका हुन्।
तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्रि तथा प्रशिक्षक समेत रहेका गुरुङले कक्षामा आधारभूत जिमनास्टिकको नि: शुल्क कक्षा पनि संचालन गर्ने जनाएका छन्।
यस्तै नव रास (अभिनय), नृत्य सिद्धान्तमा शुरुवात / आधारभूत, मध्यवर्ती र एडभान्स गरि तीन चरणमा सकाइने प्रशिक्षक गुरुङको भनाई छ। परिक्षण कक्षा निशुल्क रहने त्यस पछि न्युनतम शुल्क तिर्नु पर्ने छ।
जनवरी महिनामा भर्ना गर्नेले विषेश छुट पाउने छन्।
शास्त्रिय नृत्यमा भारतबाट नृत्य प्रभाकर गरेका गुरुङ सँग नेपालको सबैभन्दा पुरानो मध्य एक पुलिस क्लब हाल प्रहरी म्युजिक स्कुल नृत्य तथा नाट्य निर्देशक गरेको १५ बर्ष भन्दा बढिको अनुभव छ।
गुरुङलाई प्रहरी विद्यालयमा पहिलो पटक औपचारिक नृत्य प्रशिक्षणको सुरुवात गरायको जस पनि जान्छ ।
नेपालको प्रतिनिधित्व गर्दै दर्जनौ देशमा नृत्य उत्शव,खोज अनुसन्धान सेमिनार तथा गोष्ठि हरुमा सहभागि गुरुङ्ग इनास पेन्सिलभेनियाका अध्यक्ष समेत हुन्।
उनको नृत्य तथा नाट्य सिद्दानत पुस्तक प्रकासोन्मुख अवस्थामा रहेको छ।