ओएचआरसी क्यालेन्डरअनुसार अमेरिकामा दशैंको टीका अक्टोबर २० मा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / हिन्दूधर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) ले सार्वजनिक गरेको अक्टोबर २०२६ को पात्रोअनुसार यस वर्षको दशैंको टीका तथा विजया दशमी अक्टोबर २०, मंगलबार परेको छ।
ओएचआरसीको क्यालेन्डरमा अक्टोबर २० लाई ‘विजया दशमी’ उल्लेख गरिएको छ। सो दिन दशमी तिथि तथा श्रवण नक्षत्रसम्बन्धी समयसमेत उल्लेख गरिएको छ।
अमेरिकामा रहेका नेपालीभाषी तथा हिन्दू समुदायले दशैंको टीका लगाउने तयारी गरिरहेका बेला ओएचआरसीको क्यालेन्डरले अक्टोबर २० मंगलबारलाई विजया दशमीको मुख्य दिनका रूपमा देखाएको हो।
ओएचआरसीको क्यालेन्डरअनुसार अक्टोबर १७ मा फुलपाती , अक्टोबर १८ मा महाअष्टमी, अक्टोबर १९ मा महानवमी र अक्टोबर २० मा विजया दशमी रहेको छ।
दशैं नेपाली भाषी समुदायमा परिवार, आफन्त तथा समुदायबीच टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने प्रमुख पर्वका रूपमा मनाइन्छ।
अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली भाषी समुदायले पनि स्थानीय समयअनुसार दशैंका कार्यक्रम तथा टीका ग्रहण गर्ने तयारी गरिरहेका छन्।

















