ह्यारिसबर्गमा हुने कालुसिंह मेमोरियल च्याम्पियनसिप २०२६ : खेल तालिका सार्वजनिक
ह्यारिसबर्ग, पेन्सिलभेनिया / ‘१० औं कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिप २०२६’ को आधिकारिक खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ।
च्याम्पिनसिप सेप्टेम्बर २० र २१ आइतवार र सोमवार ह्यारिसबर्गका दुईवटा मैदानमा सञ्चालन हुनेछ । फिल्ड १ स्काइलाइन स्पोर्टस कम्प्लेक्स र फिल्ड २ मैकनाटन फेमिली पार्क प्याक्सटन स्ट्रिटमा हुने छ ।
स्थित स्काइल्याण्ड कम्पेक्समा हुदै छ । च्याम्पियनसिपमा विभिन्न राज्यका आठ प्रतिस्पर्धी टोलीले प्रतिसस्पर्धा गर्ने छन् ।
नेपाली भाषी भुटानी समुदायका सम्मानित व्यक्तित्व तथा भुटानी राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी स्वर्गीय कालुसिंह तामाङको स्मृतिमा यो च्याम्पियनसिप आयोजना हुदै आएको छ ।
शुरुका संस्करण साथीभाई र पारिवारिक रुपमा हुदै आएकोमा गत वर्ष देखि एशियन रिफ्युजीज युनाइटेड (एआरयू) अन्तर्गत आयोजक कमिटी मार्फत च्याम्पियनसिप हुदै आएको छ ।
एआरयुका मिडिया म्यानेजर पर्शु अधिकारीका अनुसार सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २० आइतबार बिहान ९:०० बजे हुनेछ भने लगत्तै १०:०० बजेदेखि समूह चरणका खेलहरू सुरु हुनेछन्।
पुल ‘ए’ मा एफसी रिभाइभल पीए, पीच स्टेट एफसी (जर्जिया), सिन्सिनाटी राइनो र मिडलाइफ किकर्स पीए। पुल ‘बी’: ह्यारिसबर्ग लेजेन्ड्स एफसी, पिट्सबर्ग भेट्रान्स एफसी, युनाइटेड ब्रदर्स स्पोर्ट्स क्लब र कोलम्बस ड्रुक्स युनाइटेड एफसी।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेल आइतवार बिहान १०:०० बजे पुल ‘बी’ का ह्यारिसबर्ग लेजेन्ड्स एफसी र पिट्सबर्ग भेट्रान्स एफसी बीच हुनेछ।
आइतबार नै समूह चरणका कुल १२ खेलहरू सम्पन्न भई दुवै समूहका विजेता र उपविजेता टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।
च्याम्पियनसिपको विजेता टोलीले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ट्रफी र पदक प्राप्त गर्नेछन्।
यसअघि नै दुई पटक उपाधि चुमिसकेको युनाइटेड ब्रदर्स स्पोर्ट्स क्लब (यूबीएससी) का लागि यो संस्करण निकै महत्त्वपूर्ण मानिएको छ। यस पटक पनि उपाधि हात पारेमा क्लबले प्रतिष्ठित रनिङ सिल्ड स्थायी रूपमा आफ्नो नाममा लैजाने सुनौलो अवसर पाउनेछ।
र यो पनि …
कालुसिंह मेमोरियल च्याम्पियनसिप २०२६ : आठ टोली भिड्दै,युनाइटेड ब्रदर्स रनिङ सिल्ड नजिक















