सात सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।
सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ ।
त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।