मेघ आलेको अमेरिका भ्रमण र त्रिशूलीमा र्याफ्टिङको रौनक
सुरेश कुमार सुवेदी
धादिङ/ तिब्बती भाषामा ग्यरोंग भनिने केरूङ तिब्बती संस्कृतिको महत्त्वपूर्ण केन्द्र हो । त्रिशूली नदीको एउटा मुहान यहि शहरमा रहेको धाराबाट शुरू भएको छ ।
श्रद्धालुहरूका लागि गोसाईंकुण्ड एक प्रसिद्ध तीर्थस्थल हो । जुन त्रिशूली नदीको दोश्रो मुहान हो । यो नदी स्थानीय समुदायहरूको लागि जीवन र संस्कृतिको अभिन्न अङ्ग हो । हिमवत्खण्डमा नदीका प्रसस्त प्रसंग पाइन्छन् ।
काठमाण्डौं आवत जावत गर्ने यात्रुले जब पृथ्वी राजमार्गसँगै दौडिरहेको त्रिशूली नदी देख्छन्, तब रोमाञ्चित हुन्छन् । अझ बढी रोमाञ्चक त देखिने र्याफ्टिङको दृश्यले बनाउँछ, छालसँगै छलाङमा तैरिरहेकाहरु ! त्रिशूलीको छालजस्तै !
केही वर्ष अधिसम्म बाह्रै महिना जस्तै धमिलो हुने नदी अहिले हिउँदमा तुलनात्मक रुपमा सफा देखिएका छन् । प्रकृतिक श्रोत माथिको अत्याधिक दोहनको दुष्परिणाम त्रिशूलीको शुध्दता र पवित्रतामा परेको थियो । तर अहिले सुधार भएको छ ।
र्याफ्टिङ र रेष्टुरेन्टमा थपिदै रौनक
नेपालमै पायोनियर र्याफ्टिङ रिभरको रुपमा चिनिएको त्रिशूली नदी अहिले प्रदुषणको चपेटाबाट मुक्त हुदैछ । पृथ्वीराजमार्ग आसपासको वालुवायूक्त माटो पखालेर निस्केको हिलो लेदो सीधै नदीमा मिसाउँदा यो समस्या भएको थियो । तर अहिले सुधार भएको छ ।
ह्वाइट–वाटर र्याफ्टिङ र कायाकिङका लागि यो नदी विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाल रिभर कन्जरभेसन ट्रष्टका संस्थापक मेघ आले सम्झन्छन् । टाइगर टप्स जंगलका संस्थापक जिम एडवर्डसले यो नदीमा र्याफ्टिङको प्रचुर संभावना देखेर नै उनलाई अमेरिका पुर्याएका थिए ।
अमेरिका भ्रमणका क्रममा र्याफ्टिङमा अथाह आनन्द र आम्दानी देखेका आलेले नेपालमा पनि यस पेशाको शुरुवात गरे यसै त्रिशूलीमार्फत ।
सन् १९७६ ताकाको नदीको शुद्धता र प्राकृतिकपनमा आलेले धेरैलाईै रमाइलो बनाए । नदीको शुद्धता र प्रकृतिक जीवनको अनुभव गराए । तर प्रदुषणका बेला उनी धेरै दुःखी भए । दशकौं पछि त्रिशूलीको र्याफ्टिङमा रमाउनेहरु बढेका छन् । यो देखेर आले अहिले असाध्यै रमाएका छन् । आले भन्छन् “पहिले जस्तै प्रकृतिक अवस्थामा पुराउनु पर्छ । नदी सभ्यता संवृद्धि र चेतनाको सूचक हो । बिर्गानु हुदैन ।”
नदीको शुद्धता र प्रकृतिकपनमा ह्रास आउनुको एउटै कारण हो वालुवा खानीबाट निस्केको हिलो र लेदो पानी सीधै नदीमा मिसाउने शैली । यही शैलीका कारण नदीमा प्रर्दुषण बढेको थियो तर अहिले नदी किनारामा फिरफिरे चलाउन दिएको छैन ।
राजमार्ग प्रदुषणप्रति चासो देखाए पनि नदी प्रदुषणप्रति धेरैको ध्यान गएको थिएन । फलस्वरुप, जलचर प्राणी मासिनुको साथै नदीसँग जोडिएको व्यावशाय र संस्कृति पनि क्रमशः संकटमा परेका थिए ।
त्रिशूली नदीको स्वच्छता र सुगमताको कारण नै यस नदी र्याफ्टिङ व्यावशायीहरुको पहिलो रोजाइ भएको हो । विशेष गरी सिकारु र पारिवारिक किसिमका र्याफ्टिङमा रमाउन चाहनेहरुको लागि यो नदी उपयूक्त मानिन्छ । त्यस्तै, शौखिन र एड्भान्चर किसिमका र्याफ्टिङमा रमाउन चाहनेहरुको लागि पनि यो नदी उत्तिकै उपयूक्त हुने व्यवशायी उध्दव कडेलको अनुभव छ । व्यवशायीहरुले २ देखि ४ दिनसम्मको प्याकेज बनाएका छन् । यस नदीमा वीच क्याम्पिङ, कायाकिङ, वीच क्याटेरिङ तथा वीच गेमिङमा रमाउनेहरु आउने गरेको बताउँछन् व्यवशायी कडेल ।
नदीसँग जोडिएको संस्कृति
नदी प्रर्दुषणको प्रभाव जनस्वस्थ्य र संस्कृतिमा प्रत्यक्ष परेको थियो । यस नदी आसपास बसोबास गर्दै आएका आदिवासी तथा जनजाति र अन्य समुदाय अझै पनि यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । विशेषगरी नदी किनारमा मनाइने चाड पर्व प्रर्दुषणको चपेटामा परेका छन् । नदी किनारा तथा आसपासका क्षेत्रलाई नै प्रमुख आश्रय स्थल बनाउने माझी, दनुवार र चेपाङ समुदाय बढी प्रभावित भएका छन् । उनीहरुले मनाउने न्वाही, लदीलगायत धेरै धार्मिक तथा साँस्कृतिक कार्यक्रम नदी किनारा वा जलाधार क्षेत्रसँग जोडिएको पाइन्छ । नदी प्रदुषण कै कारण नैसर्गिक अधिकार मानिएको धार्मिक तथा साँस्कृतिक अधिकारबाटसमेत वन्चित हुनुपर्ने देखिन्छ ।
त्यस्तै, नदी किनारामा मनाइने जलधारा, जनै पूर्णिमा, तीज, स्वस्थानी पूर्णिमा तथा ठूलो एकादशी जस्ता चाड पर्वहरु पनि प्रभावित भएका छन् । धादिङ, गजुरी ६ सिम्पानीका सीताराम उपाध्याय भन्छन् “प्रदुषण कै कारण धर्म संस्कृति जोगाउन पनि संकट भयो ।”
नदीको पानी प्रदुषण भएकै कारण यस नदीमा आश्रित जलचर लगायत अन्य पशुपंक्षी प्रभावित भएका छन् । विशेषगरी घर पालुवा एवं चरुवा जनावरहरु खडेरीको समयमा पानीका लागि विकल्प विहीन भएका छन् । पानी सफा र शुद्ध नहुँदा पानीजन्य रोगबाट संक्रमित भएका छन् ।
त्यस्तै, पुस्तौंदेखि माछा मार्दै आएका माझी तथा दनुवार समुदायका मानिसहरु माछासँगै आफूहरुको पुस्तौली पेशा संकटमा परेकामा दुःखी छन् । धाटबेशी र आदमघाटआसपास माछा मार्ने गरेका राम बहादुर दनुवार भन्नुहुन्छ “नदीमा माछा नै छैन के मार्नु ?” माछामा नै निर्भर उनीहरु अहिले पुस्तौली पेशाबाट विस्थापित भएका छन् ।
माझी समुदायलाई असार पूर्णिमामा मनाइने ‘बरदेउ पूजा’ होस् या ‘लदी पर्व’ माछा नभै हुदैन । तर माझीहरुलाई महत्वपूर्ण चाड मनाउन पनि बजारबाट माछा किन्नु पर्ने भएको छ ।
रैथाने कृषि उपजलाई अवसर
र्याफ्टिङ र रेष्टुरेन्ट व्यावसाय बढेसँगै स्थानिय स्तरमा रैथाने खानाको लागि बजारको प्रचुर अवसर देखिन्छ । तर यस क्षेत्रका अधिकांश जनप्रतिनिधि निर्माण तथा खनिजजन्य उद्योगमा छन् । यस कारण पनि कृषि उद्यमले प्राथमिकता पाउने आशा भने देखिदैन ।
मलेखु माछाका लागि लोकप्रिय भए पनि यहाँ स्थानीय बेल्खु, दरियाल, आदम, थोपल तथा मादेखोलामा पाइे रैथाने माछा भेटिदैनन् । करिव तीन दशक अधि यहाँ बुँदुना सारै लोकप्रिय माछा थियो । यो कालो, मोटो मासु बढी हुने टाउटभन्दा स्वादिलो मानिन्थ्यो । यस्तै, जलकपुर, असला पाइन्थ्यो । यहाँ ठूलो आकारको कतला माछा पनि विशेष थियो । यसको मासु पनि स्वादिष्ट हुन्छ । यसैगरी, नैनी, रहु, बग्रे, बुच्चेलगायतका माछा पनि त्रिशूली नदीमा प्रशस्त मात्रामा पाइन्थ्यो । तर अहिले छैनन् ।
धनुषाका माछा व्यापारी उमेशकुमार सहनी २ दशक बढी समयदेखि तराई र भारतका माछा बेच्दै आएका छन् । सहनीको माछाको व्यापार बढी रहेको छ तर रैथाने माछा घटिरहेको छ ।
होटेल व्यावसायी रमेश सेढाई मनकामनामा केवलकार पछि मलेखुको बजार बढेको बताउँछन् । व्यवस्थित गर्न सके ६६ जिल्लाका पर्यटकलाई सेवा दिन सकिने सेढाईको बुझाइ छ । सेढाई भन्छन् ‘तराईका पालित माछाबाटै सन्तुष्टी दिन परेको छ । यता माझी जातिको बिजोक भएको छ ।’
योजना हुन सके यस्तै रैथाने फलफुल तथा तरकारीका लागि पनि बजारको सहज हुने देखिन्छ ।
प्रदुषणको पछुतो
कुनै समय थियो नदीमा हिलो र लेदो बग्थ्यो । कहाँ खुवाउने ? कसरी बसाउने ? व्यावसायीहरुलाई समस्या थियो । आले भन्छन् “यो एकदम गलत भएको थियो । यसले हाम्रो सुन्दरता र स्वच्छतालाई नै बद्नाम गरेको थियो ।” प्रदुषणकै कारण त्रिशूली नदीमा र्याफ्टिङको आकर्षणमा कमी आएको थियो । पहिले एउटा गेष्टले बीस–पच्चीस जना गेष्ट ल्याउँथे । तर पछि फर्केर पनि आएनन् । जसो तसो आएकाहरुलाई पनि २–३ दिनको प्याकेज २–३ घण्टामा नै छोट्याउनु परेको थियो । व्याबसायीहरु भन्छन् “व्याड इम्प्रेसन भन्दा त सर्ट ट्रिप नै बेश । “तर पनि व्यवसायीले निरन्तरता दिइरहे । अहिले नदी सफा भैरहेको छ ।
यस्तै मर्कामा परेका मध्ये एक थिए वाटर किङडम घाटबेशीका सुरेन्द्र श्रेष्ठ । उनले रिभर साइड रेष्टुरेण्ट अन्तत बन्ध नै गरे । उनले दश वटा स्वीमिङ पुल र वाटर गेमको व्यावस्था गरेका थिए । तर धमिलो पानीका कारण चलाउन बाधा पुगे पछि चलेन । श्रेष्ठ दुखेसो गर्छन् “हाम्रो त गरी खाने पेसा नै चौपट भो ।”
बालुवा, गिट्टी र डुङगा खानीबाट जिविस धादिङ र सम्वन्धित पालिकाले करोडौं रकम उठाए पनि प्राकृति श्रोत व्यावस्थापन र वातावरणीय प्रदुषण न्यूनीकरणमा खासै काम हुन सकेको छैन् । वालुवाकै कारण नदीमा परेको प्रभावलाई कम गर्न सकिन्छ भन्नेबारेमा खासै पहल हुन भएको छैन् । रेष्टुरेण्ट व्यावशायी तथा स्थानीय वासिन्दा यसको प्रयास प्रशासनीक तहबाट हुनपर्ने बताउँछन् । तर प्रशासनिक निकाय स्थानीय बासिन्दाको अग्रसरता खोज्छ । यस कारण पनि पिछडिएका अल्पसंख्यक समुदाय बढी मारमा परेका छन् ।
त्रिशूलीको र्याफ्टिङ र रेष्टुरेन्ट व्यावसायमा स्थानीय अल्पसंख्यक समुदायलाई पनि समावेश गर्न सकिन्छ ।
ह्वाइट–वाटर र्याफ्टिङ र कायाकिङका लागि यो विश्वकै उत्कृष्ट नदी हो । विश्वकै अनुपम सम्पदालाई हिलो, लेदो र दुगन्र्धबाट जोगाउनु छ । पृथ्वीराजमार्गका कारण प्राप्त यो अनुपम अवसर र्याफ्टिङ र रेष्टुरेण्टजस्ता ‘वेलनेस इण्डष्ट्री’का लागि उपयूक्त छन् ।