ह्यारिसबर्ग प्रिमियर लिग क्रिकेट मे देखि
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा ह्यारिसबर्ग प्रिमियर लिग क्रिकेट (एचपीएल) हुने भएको छ। क्रियमाण फाउण्डेशनको आयोजनामा हुने एचपीएल आगामी मे देखि सेप्टेम्बर सम्म आयोजना हुने जनाइएको छ।
फाउन्डेशनद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइए अनुसार ‘मैदानमा र बाहिर च्याम्पियनहरू निर्माण’ भन्ने नारा बोकेको एचपीएलले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ।
एचपीएलमा चार टिम सहभागी हुने जनाइएको छ। सस्केहाना टाइटन्स, लिबर्टी वारियर्स, ह्यारिसबर्ग थन्डरहक्स र क्यापिटल स्ट्राइकर्सले लिगमा भाग लिने छन्।
एचपीएललाई गोल्डेन होम केयर, होम हेल्थ, ओडीपी ले प्रायोजन गरेको जनाइएको छ। लिग ह्यारिसबर्ग क्रिकेट एलायन्ससँगको सहकार्यमा सञ्चालन हुने छ।
‘ह्यारिसबर्ग प्रिमियर लिग स्थानीय खेलकुद प्रवर्द्धन गर्न, युवा क्रिकेट खेलाडीहरूलाई अवसर दिन, र समुदायबिच एकता ल्याउन केन्द्रित हुनेछ।’ क्रियमाणका सिइयो भरत तिम्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
लिगका सबै खेल लिङ्गल पार्कमा नवनिर्मित क्रिकेट मैदानमा हुने छ। लिगको खेल तालिका मार्चमा सार्वजनिक गरिने जनाइएको छ।