ल्यान्यास्टरमा एभरेष्ट इनर स्कुल तेक्वान्दो च्याम्पियनसिप सम्पन्न
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा शनिवार एभरेष्ट इनर स्कुल तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ। एक दिने च्याम्पियनसिपमा ६५ जनाले भाग लिएका थिए।
एभरेष्ट ल्यानक्यास्टर स्थापनाको पहिलो वर्ष बनाउने तयारी छ। खेलाडीको क्षमता परीक्षणका लागि आन्तरिक रुपमा प्रतिस्पर्धा गराइएको एभरेष्ट ल्यानक्यास्टरका संचालक तथा प्रमुख प्रशिक्षक मास्टर कुमार कार्कीको भनाइ छ।
‘हाम्रा खेलाडीले दश महिना के कस्तो सिके त्यसको मूल्याङ्कन पनि हो र अव उनीहरूलाई ठुला च्याम्पियनसिपका लागि तयारी अवस्थामा राख्न पनि हामीले यो च्याम्पियनसिप गरेका हौ।’ प्रशिक्षक कार्कीले भने, ‘यो आन्तरिक परीक्षण पनि हो हामीले आफैलाई सुधार गर्ने।’
च्याम्पियनसिपका विजेता खेलाडीलाई पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्मा, स्थानीय समाजसेवीहरू खेम सुवेदी, मनीष उप्रेती, शंकर राई लगायतले पुरस्कार वितरण गरेका थिए।