सुवर्णाले क्यानडा ओपनमा जितिन रजत पदक
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ हिमालयन तेक्वान्दो ह्यारिसबर्गकी सुवर्णा शर्माले क्यानडा ओपनमा रजत पदक जितेकी छिन्।
मन्टोरियलमा जारी क्यानडा ओपनको शनिवार भएको प्रतिस्पर्धामा सुवर्ण फाइनलमा अमेरिकाकै खेलाडी सँग पराजित भइन्।
सुवर्ण ४७ मुनी तौलमामा वाइ पाएर फाइनलमा पुगेकी थिइन। फाइनलमा मिचिगनको ज्योति एभरेष्टकी खेलाडीसँग सुवर्णा ८-४ अंकले पराजित भइन्।
सुवर्णका पिता तथा हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा मुख्य प्रशिक्षक नकुल शर्माले क्यानडा ओपन अनुभव हासिल गर्नका लागि राम्रो प्लेटफर्म भएको प्रतिक्रिया दिए।
‘यो ठूलो गेम हो र यस्तो विशाल गेममा हाम्रा खेलाडीको पहिलो अनुभव हो।’ समाज टाइम्स सँग शर्माले भने, ‘शुरुमा अलिकति नर्मश पनि भइन, दोस्रो राउण्ड राम्रै खेलेकी थिइन तर ढिलो भइसकेको थियो।’
‘यो उपलब्धि सुवर्णा र सम्पूर्ण हिमालयन तेक्वान्दो परिवार दुवैको कडा परिश्रम र समर्पणको प्रमाण हो र यो त सुरुवात मात्र हो, अगाडिको यात्रा अझ लामो यात्रा छ, धेरै जितहरू पछ्याउन बाँकी छ ।’
नकुलले अर्को साता हुने युएस ओपनका लागि क्यानडा ओपन राम्रो वाम अप भएको बताए।
‘अबको शनिवार सुवर्णाले नेभडामा हुने युएस ओपन पनि खेल्ने छिन, हामीले के के सुधार गर्नु पर्छ भन्ने क्यानडा भ्रमणले औँल्याएको छ, प्रशिक्षक नकुलले भने, ‘यो शुरुवात हो, राम्रो अनुभव भयो।’
‘नेपाली भाषी समाजले ब्ल्याक वेल्ट पाए पछि तेक्वान्दो सकियो भन्ने बुझाइ छ तर खासमा तेक्वान्दोमा अवसरको शुरुवात ब्ल्याक वेल्ट पाए पछि हो, त्यो कुरा बुझाउन पनि मैले छोरीलाई टुर गराउँदै छु।’ प्रशिक्षक शर्माले भने।
१२ वर्षकी सुवर्णाले गत वर्ष थाइल्यान्डमा सम्पन्न सातौँ हिरो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण र कोरियामा भएको आइएफओटीसी र किमयोङ्ग कपमा पुम्से र ब्रेकिङ्गमा स्वर्ण र स्पाइरिङ्गमा रजत पदक जितेकी थिइन।
हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिल्भेनियामा नेपाली भाषीले स्थापना गरेको पहिलो स्कुल हो। सन् २०१८ नकुल र उनकी श्रीमती पुनम दुलालले तेक्वान्दो स्कुल स्थापना गरेका थिए।