राष्ट्रपति ट्रम्प र फेसबुकका मालिक बिच मिलापत्र, मेटाले ट्रम्पलाई २५ मिलियन डलर तिर्ने

वासिङ्टन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुक र इन्स्टाग्रामका प्रमुख कार्यकारी मार्क जुकरबर्गबीच सहमति भएको जनाइएको छ।
वाल स्ट्रिट जर्नलले ब्रेक गरेको समाचार अनुसार बुधवार राष्ट्रपति ट्रम्पले एउटा कानुनी सम्झौतामा हस्ताक्षर गरेका छन् जसमा फेसबुक र इन्स्टाग्रामका मालिक मेटाले उनलाई लगभग २५ मिलियन डलर तिर्नुपर्नेछ।
ट्रम्पले सन् २०२१ मा सोही वर्ष जनवरी ६ मा भएको क्यापिटल दंगापछि उनको खाता निलम्बन गरेको आरोपमा सामाजिक सञ्जालको विशाल कम्पनी र यसका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई मुद्दा दायर गरेका थिई।
जुलाई २०२४ मा, मेटाले अमेरिकी राष्ट्रपति चुनावको अगाडि ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरूमा लगाइएको अन्तिम प्रतिबन्ध हटाएको थियो।
सम्झौता अनुसार करिब २२ मिलियन राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ।
बाँकी रकम कानुनी लागत र मुद्दामा हस्ताक्षर गर्ने अन्य वादीहरूका लागि खर्च गरिने छ।
नोभेम्बरमा ट्रम्पको चुनावी जितपछि, जुकरबर्ग राष्ट्रपति ट्रम्प सँग निकट हुँदै गएका थिए। जस अन्तर्गत उनले फ्लोरिडा रिपोर्ट मार-ए-लागोको भ्रमण गरेका थिए । यस्तै मेटाले ट्रम्प शपथग्रहण समारोहको लागि एक मिलियन चन्दा दिएका थिए र जुकरबर्ग आफै समारोहमा सहभागी भएका थिए।
केही वर्ष अगाडी सम्म ट्रम्प जुकरबर्ग र फेसबुकको अत्यधिक आलोचक थिए। सन् २०१७ ताका ट्रम्पले फेसबुक प्लेटफर्मलाई “ट्रम्प विरोधी” भनेर बोलाउँथे। गत वर्ष मार्चमा ट्रम्पले फेसबुकलाई “जनताको शत्रु” समेत भनेका थिए।
त्यसो त कुनै समयको ट्विटर, अहिलेको एक्सले पनि ट्रम्पलाई आफ्नो प्लेटफर्ममा निल्मवन गरेको थियो। पछि ट्विटरको स्वामित्व टेस्ला मालिक एलोन मस्कले लिए । मस्क अहिले को राष्ट्रपति ट्रम्पमा निकट सहयोगी छन्।
चिनियाँ एआई एप डिपसिकले अचानक स्कटक मार्केट हल्लाएको बेला मेटाको कृत्रिम बुद्धिमत्ता (एआई) मालिक र राष्ट्रपति बिचको मिलापत्रलाई अर्थपूर्ण रूपमा हेरिएको छ।