अमेरिकाको राजधानीमा ६० यात्रु बोकेको जहाज हेलिकप्टरसँग ठोक्कियो, पोटोम्याक नदीमा खोजी

वाशिंगटन डिसी / अमेरिकाको राजधानी वाशिंगटन डिसी बुधवार साँझ हवाई विमान दुर्घटना भएको छ।
यात्रुवाहक जेट र सैन्य हेलिकप्टर आकाशमै ठोक्किएपछि रोनाल्ड रेगन राष्ट्रिय विमानस्थल नजिकैको पोटोम्याक नदीमा खसे पछि खोजी र उद्धार अभियान चलिरहेको संघीय उड्डयन प्रशासनले जनाएको छ ।
अमेरिकन एयरलाइन्सको विमान र ब्ल्याक हक हेलिकप्टर डिसी विमानस्थल नजिकै ठोक्कियो हो । यात्रु बाहक विमानमा ६० जना रहेको जनाइएको छ।
बुधवार साँझ नौ बजेको समयमा एउटा यात्रुवाहक जेट सेनाको हेलिकप्टरसँग ठोक्कियो हो। हवाई प्रशासनका अनुसार क्यान्सासबाट उडेको एक क्षेत्रीय जेट विमानस्थलको धावनमार्गमा पुग्ने क्रममा आर्मी ब्ल्याकहक हेलिकप्टरमा ठोक्कियो हो।
अमेरिकन एयरलाइन्सले बुधबार राति जारी विज्ञप्तिमा “हामीलाई पीएसए द्वारा सञ्चालित अमेरिकन ईगल उडान ५३४२, विचिटा, कान्सास (आइसीटी) बाट वाशिंगटन रेगन राष्ट्रिय विमानस्थल (डीसीए ) सम्म सेवा प्रदान गर्ने, घटनामा संलग्न भएको रिपोर्टहरू बारे जानकारी छ। हामी जानकारी उपलब्ध हुने बित्तिकै प्रदान गर्नेछौं,” विज्ञप्तिमा भनिएको छ।
घटनाले जनवरी १३, १९८२ मा पोटोम्याकमा खसेको एयर फ्लोरिडा उडानको दुर्घटनाको सम्झना गराएको छ, जसमा ७८ जनाको मृत्यु भएको थियो। त्यो दुर्घटना खराब मौसमको कारणले भएको थियो।