अमेरिकामा अपराधको आरोप लागेका कागज पत्र विहीनलाई सोझै डिपोर्ट गर्ने कानुन लागु

वासिङ्गटन/ सपथ ग्रहण सँगै सयौँ कार्यकारी आदेशमा जारी गर्न व्यस्त भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार लेकन राइली ऐनमा हस्ताक्षर गरेका छन्।
दोस्रो कार्यकालको पहिलो विधेयकको रूपमा लेकन रिले ऐनमा हस्ताक्षर गरेका हुन् ।
दुवै सांसदबाट पारित भएर आएको यो ऐनले गैर कानुनी आप्रवासीलाई दोषी ठहराउनु अघि नै हिरासतमा राख्न र देश निकाला गर्न अनुमति दिन्छ।
“आजको हस्ताक्षरले हामीलाई हाम्रा समुदायहरूमा आप्रवासी अपराधको महामारीलाई एक पटक र सधैँको लागि उन्मूलन गर्न एक कदम नजिक ल्याएको छ,” राष्ट्रपति ट्रम्पले भने।
कागजपत्र विहीन आप्रवासी पक्राउमा तीव्रता दिँदै आएको समयमा यो ऐन कार्यान्वयनमा आएको हो। अब सामान्य चोरीको आरोप लागे पनि त्यो व्यक्ति सँग कागज पत्र छैन भने देश निकालामा पर्ने छ। यस अगाडि त्यस्ता व्यक्ति अदालत जान पाउने गर्दथे।
नर्सिङ विद्यार्थी लेकन राइलीको मृत्यु पछि यो कानुन बनाइएको हो। विधेयकको नामकरण गरिएको राइलीलाई जोस इबाराद्वारा हत्या गरिएको थियो, जो कानुनी हैसियत बिनाका आप्रवासी थिए। उनलाई सेप्टेम्बर २०२२ मा अवैध प्रवेशको आरोपमा पहिलो पटक फेब्रुअरी २०२४ मा एटलान्टा बाहिर पक्राउ गरिएको थियो।
उनी अमेरिकामा अवैध रूपमा बस्दै आएको बेला पसल चोरीको आरोपमा फेरि पक्राउ परेका थिए ।
तर उनको आप्रवासन मुद्दा चलिरहेको कारण उनलाई अमेरिकामा बस्न अनुमति दिइएको थियो। उनी २०२४ को अन्त्यमा राइलीको हत्यामा दोषी ठहरिएका थिए र प्यारोल बिना आजीवन कारावासको सजाय भोगिरहेका छन्।
राइलीको मृत्युले २०२४ को चुनाव अघि अध्यागमन बहसलाई बढावा दिएको थियो। र संसदले कानुन नै बनाएको हो।
“आजको कार्यवाहीसँगै, उनको नाम हाम्रो देशको कानुनमा सधैँभरि जीवित रहनेछ,” ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुअघि भने “र यो एकदमै महत्त्वपूर्ण कानून हो। यो त्यस्तो चीज हो जसले डेमोक्र्याट र रिपब्लिकनहरूलाई एकसाथ ल्याएको छ। यो गर्न सजिलो छैन।”
“यो भयानक अत्याचार कहिल्यै हुन दिनु हुँदैनथ्यो,” ट्रम्पले बुधबार थपे। “र राष्ट्रपतिको रूपमा, म यस्तो त्रासदी फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न हरेक दिन लडिरहेको छु।”
ट्रम्पले बोलेपछि, राइलीकी आमा, एलिसन फिलिप्सले विधेयकलाई समर्थन गरेकोमा ट्रम्पलाई धन्यवाद दिइन्।
“हाम्रो परिवार हाम्रो राष्ट्रभरका मानिसहरूको प्रार्थना र यो कानुनलाई कानुनमा ल्याउन मद्दत गरेकोमा सधैँ आभारी रहनेछ,” उनले भनिन्।
फोटो : एपी/रासस मार्फत