जन्मसिद्ध नागरिकता सम्बन्धी ट्रम्पको आदेशमा अदालतको अस्थायी रोक

पेन्सिल्भेनिया/ जन्मसिद्ध नागरिकता सम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पको एक आदेशलाई संघीय अदालतले अस्थायी रोक लगाएको छ।
सियाटलका एक संघीय न्यायाधीशले बिहीबार गैर कानुनी आप्रवासीहरूका बच्चाहरूको लागि जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशलाई “स्पष्ट रूपमा असंवैधानिक” भन्दै अस्थायी रोक लगाएका हुन्।
न्यायाधीश जोन कोफेनरले जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशले “दिमागलाई चकित पार्छ” भनेका छन्। उनले आफ्नो ४० वर्ष भन्दा बढी बेन्चमा यति “स्पष्ट रूपमा असंवैधानिक” मुद्दा देखेको सम्झना छैन भनेका छन्।
कफेनरले दिएको १४ दिने प्रतिबन्ध आदेश सम्पूर्ण अमेरिकामा लागू हुने फक्स न्युजले उल्लेख गरेको छ। र फक्सले भनेको छ यो फैसला ट्रम्प प्रशासनलाई धक्का हो।
राष्ट्रपतिको आदेश विरुद्धमा २२ राज्यहरूले मुद्दा हालेका छन्। राष्ट्रपतिको आदेश फेब्रुअरी १९ तारिख बाट लागु हुने भनिएको थियो।