अमेरिकी पासपोर्टमा महिला र पुरुष बाहेकका पहिचान नराख्न स्टेट डिपार्टमेन्टको निर्देशन

पेन्सिल्भेनिया/ अमेरिकी स्टेट डिपार्टमेन्टले राहदानी आवेदनमा महिला र पुरुष बाहेकका पहिचान नराख्न निर्देशन दिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार विभागले सो निर्देशन दिएको हो। पछिल्ला केही वर्ष यता महिलालाई एफ (F) र पुरुषका लागि एम (M) बाहेक X चिन्न पनि राख्न पाउने व्यवस्था हुँदै आएको थियो।
अब राहदानी आवेदनमा तेस्रो चिन्न निलम्बन गर्न निर्देशन दिइएको हो।
अब देखि सरकारले जारी गर्ने परिचयपत्र ड्राइभर लाइसेन्स, राहदानी लगायतमा पुरुष वा महिलाको “जैविक वर्गीकरण” मात्र प्रयोग गर्ने आदेश दिइएको छ।
यसले फरक लिङ्ग पहिचान भएका व्यक्तिहरूलाई असर गर्ने जनाइएको छ।