नेपाल फिफा वरीयताको १७५औं स्थानमा
काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले यो वर्षको अन्तिम वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालले आफ्नो स्थान १७५औं स्थानमा यथावत रहेको छ।
नेपालले अघिल्लो महिना ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग नेपाल ४–० को फराकिलो अन्तरले पराजित भएको थियो।
तर, दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गर्दै १३ वर्षपछि ऐतिहासिक जित दर्ता गर्यो।
दक्षिण एसियाली मुलुकहरूको वरीयतामा नेपाल अहिले तेस्रो स्थानमा छ। भारतले एक स्थान सुधार गर्दै १२६औं स्थान बनाएको छ ।
यस्तै, माल्दिभ्सले आफ्नो १६२औं स्थान कायम राखेको छ भने भुटान पनि १८२औं स्थानमै स्थिर छ। अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेश १८५औं, पाकिस्तान १९८औं, र श्रीलंका २००औं स्थानमा रहेका छन्। फिफा वरियतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।