बीआरआई फ्रेम वर्कको दस्तावेज वेभसाइटमा सार्वजनिक
काठमाडौं । नेपाल र चीनबीच गत साता बेइजिङमा सम्पन्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार आफ्नो वेबसाइटमा उक्त दस्तावेज राखेको हो।
यस सम्झौतामा नेपाल र चीनबीचको सहकार्यका उद्देश्यहरू, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरू, पारवहन कनेक्टिभिटी, तथा सहकार्यका सम्भावित क्षेत्रहरू उल्लेख गरिएको छ। बीआरआईको माध्यमबाट दुई देशबीचका भौतिक पूर्वाधार परियोजनाहरू, व्यापार, र आर्थिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कको पारदर्शितामा प्रश्न उठाउँदै त्यसको दस्तावेज आफूले नदेखेको बताएका थिए।
उनको टिप्पणीपछिको भोलिपल्टै सरकारद्वारा उक्त दस्तावेज सार्वजनिक गरिएको हो, जसले यस विषयमा थप स्पष्टता ल्याएको छ।
यो फ्रेमवर्क सम्झौता नेपाल–चीन सम्बन्ध सुदृढ गर्दै आपसी विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने आशा गरिएको छ।
पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्