झापामा रास्वपा कार्यक्रता प्रहरी नियन्त्रणमा
काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन्।
डीएसपी चन्दका अनुसार करिब एक दर्जन रास्वपा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको छ, र केही समयपछि उनीहरूलाई छाडिने बताइएको छ।
अहिले झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने दमकको प्रहरी कार्यालयमा १०-१२ जनालाई नियन्त्रणमा राखिएको छ।
आइतबार झापाको मेचीनगरको इटा भट्टा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरेका थिए। प्रधानमन्त्री ओली आफ्नो दुई दिने झापा भ्रमणका लागि आइतबार गृहजिल्ला पुगेका थिए।
यो घटनाले झापामा राजनीतिक गतिविधि थप तातेको संकेत गरेको छ भने सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा लिन चनाखो रहेका छन्।