सुनको भाउ १०० रुपैयाँले बढ्यो
काठमाडौं । बुधवार सुनको भाउ एक सय रुपैयाँले बढेको छ ।
सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ५० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार सुनको भाउ तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।