डोनाल्ड ट्रम्पको जीतसँगै अमेरिकी अर्थतन्त्रमा के असर पर्ला?
वासिंगटन। यस वर्षको चुनावमा अर्थतन्त्र अमेरिकी मतदाताको प्रमुख प्राथमिकतामा थियो। डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन र कांग्रेसमा रिपब्लिकनको जितसँगै अमेरिकी अर्थतन्त्रमा नयाँ असर पर्ने अपेक्षा गरिएको छ।
ट्रम्पको विजयीले कर नीति र ब्यवसायिक क्षेत्रलाई केहि लाभ पुर्याउने देखिएको छ तर यसका लागि केहि चुनौतीहरू पनि रहेका छन्। ट्रम्पको पहिलो कार्यकालमा पारित भएको ‘ट्याक्स कट्स एण्ड जोब्स एक्ट’ २०१७ ले धेरै लाभहरू पुर्याएको थियो।
तर, यसको धेरैजसो प्रावधानहरू २०२५ मा समाप्त हुनेछन्। यदि यी प्रावधानहरू विस्तार गरिएन भने, कर वृद्धिका कारण घरपरिवारलाई आर्थिक भार पर्नेछ। ट्रम्पले कांग्रेससँग मिलेर यस कानुनलाई पुनः लागू गर्ने संभावना रहेको छ, जसले घरेलु अर्थतन्त्रमा दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ।
ट्रम्पको पहिलो कार्यकालमा व्यापार सम्बन्धी नियमलाई कटौती गर्दै ब्यवसायिक लगानी र उत्पादनमा प्रोत्साहन प्रदान गरिएको थियो। साना व्यापारहरूका लागि प्रदान गरिएको २० प्रतिशत छुटको म्याद पनि छिट्टै समाप्त हुँदैछ, जसले यसलाई विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। यसबाट रोजगारी सिर्जना र आर्थिक वृद्धिमा मद्दत हुनेछ।
ट्रम्पले अनुसन्धान तथा विकास खर्चहरूलाई तुरुन्त खर्च गर्न अनुमति दिने नीति अपनाउने भनेका छन्, जसले नयाँ प्रविधि र अनुसन्धानमा प्रोत्साहन दिनेछ।
तर, कर छुटको विस्तारले राष्ट्रिय ऋणलाई थप चुनौतीपूर्ण बनाउन सक्छ। अमेरिकी ऋण झन्डै ३५ ट्रिलियन डलर पुगेको छ र यसलाई नियन्त्रणमा राख्न खर्च कटौती आवश्यक छ। ट्रम्पले नयाँ कार्यकालमा फिस्कल कमिसन गठन गरी दिगो आर्थिक नीति समाधानका लागि छलफल सुरु गर्ने योजना बनाएका छन्।
ट्रम्पको आर्थिक नीतिले अमेरिकालाई दीर्घकालीन रूपमा लाभ पुर्याउने देखिए पनि यसका लागि खर्च नियन्त्रण गर्न आवश्यक हुनेछ।
क्यानाडामा बस्न इच्छा राख्ने अमेरिकीहरूको संख्या बढ्यो !
November 10, 2024 @ 5:13 am
[…] अमेरिकी अर्थतन्त्रमा कस्तो प्रभाव […]