अमेरिकाको राजदूतामा लोकदर्शन रेग्मी नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरेका हुन् ।
संविधानको व्यवस्था अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस गरेर संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।
रेग्मी यसअघि बेलायतको राजदूत पनि भएका थिए । त्यतिबेला मुख्य सचिवबाट राजीनामा दिएर बेलायतको राजदूत भएका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन सरकार भएका बेला रेग्मी बेलायतबाट फिर्ता भएर भारतका लागि राजदूत सिफारिस भएका थिए ।
तर, फेरि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि उनलाई भारतको साटो अमेरिकाको राजदूतमा सिफारिस गरिएको थियो । भारतमा नेपाली कांग्रेसले शंकर शर्मालाई नै राजदूत बनाउन आग्रह गरेपछि शर्मालाई नै पुनः सिफारिस गरिएको थियो।
भदौमा भएको संसदीय सुनुवाई समितिमा रेग्मीले नेपाल र अमेरिकाको द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताएका थिए। उनले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताएका थिए।
उनले विगतमा भएका प्रतिवद्धताहरु नविकरणका लागि र द्विपक्षिय हितका नयाँ विषयहरु अगाडी बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गरे । रेग्मीले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पुर्याउने बताए । उनले अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताए । दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने उनको भनाई छ ।
उनले भने – ‘संयुक्त राज्य अमेरिकाको विश्वास, सद्भाव र सहकार्य दुईटैलाई बढाएर लिएर जानका लागि, अझ गहिरो बनाउनका लागि, अझ सुदृढ र प्रभावकारी बनाउनका लागि मैले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रयास गर्नेछु । द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनको लागि उच्चस्तरका भ्रमणहरुका आदान–प्रदानहरु, प्राविधिकहरुका बिचको आदान–प्रदानहरु विभिन्न तहका आदान–प्रदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हाम्रो अनुभव छ । र प्रतिवद्धताहरुलाई नविकरण गर्नका लागि र द्विपक्षिय हितका नयाँ विषयहरुमा प्रवेश गर्नका लागि यस्ता भ्रमणहरुको शिखर महत्व रहने गर्दछ ।
अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरुबाट नेपालको भ्रमण र नेपालको संसदलाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्गप्रशस्त गर्नका लागि योगदान पुग्छ की ? अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाई लागेको छ । त्यसको लागि ग्राउन्ड वर्क गर्नका लागि म आफू उत्सुक छु । संसदको तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ । अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’
उनले अमेरिकास्थित नेपाली राजदूताबासलाई ‘स्मार्ट राजदूतावास’ बनाउने प्रतिवद्धता व्यक्त गरे । दुतावासको क्षमता विकास गर्दै रेकर्ड सिस्टमलाई व्यवस्थित बनाउने बताए । उनले गैर आवासिय नेपालीहरुको हितमा खटेर काम गर्ने बताएका थिए ।
रेग्मी नेपाल सरकारका पूर्व मुख्य सचिव हुन् । उनले गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए ।
उनले बन तथा भू-संरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशाशक, बन तथा भू-संरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव भएर यस अघि सेवा गरेका थिए ।
यसैगरी, राष्ट्रपति पौडेलले जनवादी गणतन्त्र चीनको राजदूतमा प्रा।डा। कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका छन् ।
हाम्रा साथीहरूलाई मुद्दा लाग्दा कहिल्यै होहल्ला गरेनौं : देउवा
November 10, 2024 @ 5:04 am
[…] रेग्मी राजदूत नियुक्त […]