प्लाष्टिकका फूल बेच्न प्रतिबन्ध स्वदेशी फूल ४६ ठाउँमा पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा स्वदेशी फूलको विक्रीलाई प्रवर्धन गर्न ४६ स्थानमा विक्री केन्द्रहरूको व्यवस्था गरेको छ।
प्लाष्टिकजन्य फूल र सजावटका सामग्रीको विक्रीमा रोक लगाइएको छ, जसले स्वदेशी फूल व्यापारलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
महानगरले गत वर्षको अनुभवलाई आधार मान्दै किसानहरूलाई सहयोग पुर्याउन मल, मार्ट, पार्टी प्यालेस, र सेन्टरहरूमा व्यवस्था मिलाएको छ।
व्यापारीहरूले आफ्ना लागि पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नेछन्, र थप जानकारीका लागि काठमाडौं महानगरको निःशुल्क नम्बर ११८० वा हटलाइन नम्बरमा सम्पर्क गर्न सकिन्छ।
महानगरले स्थानीय उपभोक्ताहरूलाई स्वदेशी फूल किनेर नेपाली किसानहरूलाई समर्थन गर्न पनि अनुरोध गरेको छ।
यी ठाउँमा पाइनेछ फूलहरु
१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बी. टी. सी., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) बिग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे