अमेरिकामा सिटी मेयरको दौडमा डिल्ली भट्टराई
पेन्सिल्भेनिया/ सबै कुरा ठिकठाक भयो भने अबको तीन साता पछि त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डिल्ली भट्टराईले अमेरिकामा नयाँ इतिहास रच्ने छन्, नेपाली मूलको पहिलो सिटी मेयरको रूपमा।
त्यसैका लागि अहिले उनको दैनिकी अलिक व्यस्त भएको छ। नोभेम्बर पाँच तारिख हुने निर्वाचनमा मतदातालाई आफूतर्फ आकर्षित गर्न उनी र उनको टिम लागि परेको छ।
‘हाम्रो सिटीमा २६ हजारको हाराहारीमा जनसङ्ख्या छ, त्यसमा १७ हजार मतदाता छन्, त्यस मध्ये सात हजार मत पाए भने पनि म मेयरका लागि योग्य हुन्छ।’ उत्साहित भट्टराईले समाज टाइम्स सँग भने।
चुनावमा पहिलो र दोस्रो हुने आलोपालो सिटी मेयर र उपमेयर हुने व्यवस्था छ।
क्यालिफोर्निया राज्यको हर्कुलेस सिटी काउन्सिलमा तीन पदका लागि यस पटक चुनाव हुँदै छ। तीन पदका लागि चार जना मैदानमा छन्। त्यसमा तीन जना डेमोक्रयाटिक पार्टीबाट छन्। रोचक कुरा के छ भने पार्टीले अहिले सम्म दुई जनालाई मात्र इन्ड्रोर्स गरेको छ। ती दुई जना मध्यै भट्टराई एक हुन्।
नेपालमा बुटवल घर भएका भट्टराई सन् २००१ मा अमेरिका आएका हुन्। उनी हर्कुलस सिटीमा योजना आयुक्तको रूपमा कार्यरत छन्।
दिगो आर्थिक विकासका लागि साना व्यवसायहरूलाई प्रवर्द्धन गर्न, वित्तीय स्थायित्व सुनिश्चित गर्न र हर्कुलस शहरमा सार्वजनिक सुरक्षा वृद्धि गर्न आफूले उम्मेदवारी दिएको भट्टराई बत्ताउँछन्।
चुनावी अभियानकै सेरोफेरोमा भट्टराई सँगको समाज टाइम्स संवाद