अमेरिकाबिरूद्धको सिरिजमा नेपाललाई अग्रता
पेन्सिल्भेनिया । नेपालले अमेरिकाविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १७ रनको जित हात पार्दै तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।
डलासमा भएको खेलमा नेपालले ९ विकेट गुमाएर १६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४९ रनको योगदान दिएका थिए भने अनिल साह र आसिफ शेखले समान २७ रन बनाएका थिए।
दीपेन्द्रसिंह ऐरीले १७ बलमा २८ रन जोड्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याएका थिए, यद्यपि अन्तिम समयमा नेपालले छिटो पाँच विकेट गुमाएको थियो।
जवाफमा, अमेरिकाले ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि सयन जहाँगिरले सर्वाधिक ६० रन बनाए पनि जितका लागि पर्याप्त भएन।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाका ब्याटरलाई दबाबमा राखे। दीपेन्द्रसिंह ऐरीले २७ रन खर्चेर तीन विकेट लिएर नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेले।