क्यानडा सँग फेरि हार्यो नेपाल
पेन्सल्भेनिया,अमेरिका । नेपाल क्यानडासँग फेरि पराजित भएको छ। त्रिकोणात्मक टी-२० सिरिजमा अन्तर्गत मंगलवार भएको खेलमा नेपाल क्यानडा सँग विकेटले पराजित भएको हो।
क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट खर्चँदै एक सय ३९ जोडेको थियो। नेपालका लागि अनिल साहले ४१ रन जोडे। त्यस्तै आसिफ शेखले ३० र गुल्सन झाले २३ रनको जोडेका थिए।
क्यानडाका हर्ष ठाकरले दुई विकेट लिए।
जवाफी व्याटिङ्गमा आएको क्यानडाले तीन बल बाँकी रहँदै ६ विकेट खर्चेर लक्ष्य पुरा गर्यो। क्यानडाका लागि साद बिन जफरले ३३ रन जोडे। यस्तै निकोलस किर्टनले २६ र दिल प्रीत बाजवाले २५ रन जोडेका थिए।
ललित राजवंशी र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिएको भए पनि टिमलाई जिताउन सकेनन्।
क्यानडा विरुद्धको टी ट्वान्टीमा नेपालको यो दोस्रो हार हो। यस अगाडि खेलिएका दुई खेलमा नेपाल र क्यानडाले एक एक खेल जितेका थिए।
यस सिरिजमा मङ्गलवारको खेल अगाडिसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल रहेका छन् ।