पूर्व डीआईजी छविलाल जोशी सहकारी प्रकरणमा प्रकाउ
काठमाडौं । पूर्व डीआईजी छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको छ। गोरखा मिडियाका संचालकसमेत रहेका जोशीलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ। उनले सहकारी संस्था बचत रकमको दुरुपयोगमा संलग्न भएको आरोप लगाइएको छ।
संसदीय छानविन समितिले हालै गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल, र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै जोशीलाई पनि आरोपित गरेको थियो। समितिले यिनका विरुद्धमा सहकारीको रकम अपचलन गरेको विषयमा गम्भीर छानबिनको सिफारिस गरेको छ।
पक्राउपछि जोशीले आफूलाई लगाइएका आरोपहरूमा कुनै पनि गलत कार्य नगरेको दावी गरेका छन्। तर, प्रहरीले भने उनले सहकारीको रकम दुरुपयोगमा संलग्न रहँदा त्यहाँका अन्य पदाधिकारीहरूसँग मिलेर काम गरेको प्रमाण पाएपछि उनलाई पक्राउ गरिएको स्पष्ट पारेको छ।
समितिका सदस्यहरूका अनुसार, यो प्रकरणले सहकारी संस्थाहरूमा रहेका वित्तीय अनियमितता र भ्रष्टाचारका विषयमा गम्भीर संकेत गरेको छ। यस घटनाबाट सहकारी क्षेत्रमा भएको अनियमितता र आम नागरिकका बचतको सुरक्षा प्रश्नमा उठेका छन्।
सहकारी ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि छानबिन भइरहेको र आवश्यक कानूनी कारवाही अघि बढाइने जानकारी प्रहरीले दिएको छ। उनलाई प्रहरीले पोखरा लगेको छ।