क्यानडाको प्रलोभन देखाएर ठगी गर्ने रामहरि भण्डारी पक्राउ
काठमाडौं। क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका रामहरि भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
भण्डारीले दुई जना व्यक्तिहरूलाई क्यानडामा आकर्षक रोजगारीको प्रलोभन देखाई १८ लाख ३५ हजार रुपैयाँ ठगी गरेको अभियोग छ।
पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई सुन्दरीजलबाट पक्राउ गरेको हो।
प्रहरीले उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा अनुसन्धान र कारबाहीका लागि पठाएको छ।