अमेरिकी राष्ट्रपति निर्वाचन: मैदानमा ह्यारिस र ट्रम्प, चुनाव अगावै केही राज्यमा मतदान हुने
पेन्सिल्भेनिया/ अमेरिकी राष्ट्रपतिको चुनाव आउन अब ६ हप्ता भन्दा कम समय बाँकी छ ।
आउँदो नोभेम्बर ५ तारिखमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रयाट्स पार्टीकी उम्मेदवार कमला ह्यारिस एक आपसमा मैदानमा उत्रदैछन ।
दुवै पार्टीका उम्मेदवारले यो वर्ष हुने चुनाव अहिलेको युवा पुस्ताको लागि निक्कै महत्त्वपूर्ण हुने बताएका छन् । साथै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आफूले यस पटकको चुनाव जितेमा डेमोक्रयाट्स पार्टीको नियमलाई जित्दै अमेरिकालाई बचाउने समेत विभिन्न समाचार एजेन्सीलाई बताएका छन् ।
साथै ट्रम्पले सबै मतदाताहरूलाई नोभेम्बर ५ तारिखमा भोट हाल्न पनि आग्रह गरेका छन् । दुवै उम्मेदवारले दुई महिनाको चुनावी अभियानलाई समेत केही समयमा समाप्त गर्ने जानकारी दिएका छन् ।
चुनावी अभियानका बेला रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पमाथि पेन्सिलभेनिया र फ्लोरिडामा गोली प्रहार भएको थियो । त्यस्तै अमेरिकाको केही राज्यहरूले चुनाव भन्दा पहिले नै भोट गर्न पाउनु पर्ने प्रस्ताव राखेको थियो ।
आगामी अक्टोबरमा पहिलो पटक भर्जिनिया, मिनीसोटा र साउथ डाकोटाका मतदाताहरूले मतदान गर्नेछन् । ट्रम्पले विगतमा भएको प्रारम्भिक मतदानको बारेमा समेत शङ्का व्यक्त गदै आएका थिए ।
युनिभर्सिटी अफ फ्लोरिडा अमेरिकी चुनाव प्रोजेक्टका अनुसार सन् २०१८ मा डेमोक्याटिक पाटीले २४ राज्यमा प्रारम्भिक मतको ४१ प्रतिशत मत प्राप्त गरेका थिए । यता रिपब्लिकन पाटीले भने जम्मा ३५ दशमलव १ प्रतिशत मत पाएका थिए ।