अमेरिकी राष्ट्रपति निर्वाचन: बन्लान त पेन्सिल्भेनियाका नेपाली भाषी भुटानी मतदाता निर्णायक?
पेन्सिल्भेनिया/ अमेरिकामा आम निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रपति उम्मेदवार द्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडधुप पेन्सिल्भेनियमा निकै बाक्लो देखिन्छ । उनीहरु हरेक हप्ता जसो पेन्सिल्भेनियाको विभिन्न शहर र गाँउ गाँउमा पुगेका छन्।
पेन्सिल्भेनियालाई आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्णायक राज्यको रूपमा हेरिएको छ । अर्थात्, राजनीतिक जानकारहरूका अनुसार पेन्सिल्भेनिया राज्य जित्ने उम्मेदवार नै अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने लगभग निश्चित छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्वाचित हुन कुल ५ सय ३८ इलोक्ट्रेरल भोट (प्रतिनिधि मत) मध्ये २ सय ७० भोट जित्नु पर्ने हुन्छ । यस्तो मा पेन्सिल्भेनिया राज्यको आम निर्वाचन २०२४ का लागि कुल १९ इलोक्ट्र्रोरल भोट रहेको छ ।
इलोक्ट्र्रेरल भोट हरेका राज्यको जनसङ्ख्याको आधारमा तय हुन्छ । सन् २०२० को निर्वाचनमा पेन्सिल्भेनीयाको २० इलोक्ट्रेरल भोट रहेकोमा यो पटक भने एक भोट कम छ । पेन्सिल्भेनिया सहित जर्जिया, विस्कानसीन, मिसिगन राज्यका नतिजालाई यो पटक निकै महत्वका साथ हेरिएको छ । यी राज्यहरूमा निर्वाचनको नतिजा प्रायशः परिवर्तन भई रहन्छ । अर्थात्, कुनै एक रिपब्लिकन या डेमोक्रयाट पार्टीको एकल पकड नभएको विगतका निर्वाचन नतिजाहरूले देखाउँछ ।
किन हो पेन्सिल्भेनिय परिवर्तनशील राज्य
यो राज्यमा हुने निर्वाचनहरूमा एकै पार्टीको दबदबा प्राय छैन । अर्को तर्फ इलोक्टोरल कलेज (भोट) को संख्या पनि ठुलो नै छ । आम निर्वाचन २०१६ मा पेन्सिल्भेनिया विजयी उम्मेदवार ट्रम्पले २९ लाख १२ हजार ९ सय ४१ लोक प्रिय मत जित्दा पराजित उम्मेदवार क्लिन्टन ले २८ लाख ४४ हजार ७ सय ५ मत जितेकी थिइन । यस निर्वाचनमा कुल खसेको मत मध्ये ट्र्र्म्पले ४८ दशमलव ८ प्रतिशत मत पाएका थिए भने क्लिन्टनले ४७ दशमलव ६ प्रतिशत मत जितेकी थिइन ।
एक प्रतिशत भन्दा केही अधिक मतान्तर बढिले रिपब्लिकन उम्मेदवार ट्र्र्म्पले पेन्सिल्भेनिया जितेका थिए । त्यस पछिको आम निर्वाचन २०२० मा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले पेन्सिल्भेनिया जित्दा पनि करिब १ दशमलव २ प्रतिशत बढी मतान्तर ले जितेका थिए ।
२०२० मा बाइडेन ले ५० प्रतिशत मत अर्थात् ३४ लाख ५९ हजार ९ सय २३ मत प्राप्त गर्दा पराजित उम्मेदवार ट्रम्पले ४८ दशमलव ८ प्रतिशत मत अर्थात् ३३ लाख ७८ हजार २ सय ६३ मत प्राप्त गरेको थिए । यसर्थ पेन्सिल्भेनियामा निर्वाचनको नतिजाको छिनोफानो १ दशमलव ५ भन्दा सानो प्रतिशत अन्तरले हुने गरेको छ ।
यसो त २०१६ र २०२० को दुवै निर्वाचनमा पेन्सिल्भेनिया जित्ने उम्मेदवार नै ह्वाइट हाउसको बागडोर समालेका थिए । यही सन्दर्भमा अव नोभेम्बरमा हुने निर्वाचनमा पनि पेन्सिल्भेनिया राज्यको नतिजा निकै महत्वका साथ हेरिएको छ ।
कति छन् त पेन्सिल्भेनिया राज्यका मतदाता?
पेन्सिल्भेनिय भोटर रजिस्ट्रेसन प्रशासनको जुन ३०, २०२४ मा प्रकाशित एक तथ्याकं अनुसार कुन ६७ काउन्टीमा करिब ८७ लाख जनाले भोटर नामावलीमा दर्ता गरेको देखिन्छ । निर्वाचन नजिक पुग्दै गर्दा भोटरको कुल संख्या केही बढ्ने छ ।
पेन्सिल्भेनियमा डिपार्टमेन्ट अफ स्टेटको अक्टोबर २०२३ को अर्को तथ्याङ्क अनुसार दर्ता भएको मतदाता मध्ये करिब ४५ प्रतिशत डेमोक्रयाटिक पार्टीमा आबद्ध छन् भने ३९ दशमलव ९ प्रतिशत रिपब्लिकन पार्टीमा आबद्ध छन् । बाँकी मध्ये केही कुनै पार्टीमा पनि आबद्ध छैनन् भने केही अन्य पार्टीहरूमा आबद्ध छन् । यसरी हेर्दा दर्ता भएका कुल भोटर मध्ये धेरै डेमोक्रयाट्स भएता पनि अमेरिकी निर्वाचनमा राष्ट्र्र्पतिय पदका उम्मेदवार र उनको योजनाले पनि मतदाताको मत तन्ने गर्दछ।
के दक्षिण एसियाली भोटरले खेल्लान् त निर्णायक भूमिका
एनबीसी न्युजको एक रिपोट अनुसार चार स्वीइङ्ग राज्यहरू पेन्सिल्भेनीया, जर्जिया, विस्कासीन, र मिसिगनमा ४ लाख भन्दा बढी दक्षिण एसियाली मूलका मतदाता छन् । यसर्थ यी चार राज्यहरूको राष्ट्रपतीय निर्वाचनमा दक्षिण एसियाली मूलका भोटरहरू निर्णायक हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यसो त पेन्सिल्भेनियमा दक्षिण एसियाली भोटर कति छन् भन्ने तथ्याङ्क नभेटिएता पनि एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर (एएपीआई) को जनसङ्ख्या ५ लाख भन्दा बडी छन्।
एएपीआई अमेरिकन भोटको एक प्रकाशन अनुसार पेन्सिल्भेनिया राज्यमा २ लाख ५१ हजार ३७७ मतदान योग्य मतदाता भएको देखाउँछ । जुन पेन्सिल्भेनियाको कुल योग्य मतदाताको करिब ५ प्रतिशत हिस्सा हो । यसले पनि एसियाली मत पेन्सिल्भेनिया राज्यको निर्वाचनमा निर्णायक बन्ने प्राय निश्चित छ ।
के नेपाली भुटानी भाषी पेन्सिल्भेनीयावासी बन्लान् त निर्णायक?
ठ्याक्कै यति नै छ नेपाली भाषी मतदाता भन्ने विषयमा कुनै प्रकाशित आँकडा नभेटिए पनि भुटानी मूलका नेपाली भाषीको बाक्लो बसोबास पेन्सिलभेनियमा छ । ह्यारिसबर्ष, पिट्सबर्ग, एरी, स्कन्टन, जस्ता शहरहरु र विभिन्न काउन्टीमा नेपाली भाषी समुदायको बाक्लो बसोबास छ।
जानकारहरूको भनाईलाई आधार मान्ने हो भने नेपाली भाषी भुटानी ४० हजार भन्दा बढी आसन्न निर्वाचनका लागी मतदाता रहेको अनुमान गरिएको छ।
यो हिसाबले हेर्दा नेपाली भाषीको मत निकै महत्त्वपूर्ण देखिन्छ । २०१६ को निर्वाचनमा ट्रम्पले पेन्सिल्भेनिया जित्दा करिब ६८ हजार २ सय ३६ मतको अन्तर तथा २०२० मा बाइडेन ले ८१ हजार ६ सय ६६ मत अन्तर मा थियो ।
यी आँकडा हेर्दा दक्षिण एसियाली तथा सम्पूर्ण एसियाली मतदाताको मत पेन्सिल्भेनियाको निर्वाचनमा महत्त्वपूर्ण हुने देखिन्छ । त्यसमा पनि नेपाली भाषी भुटानी समुदायको मतमा अहिले दुवै उम्मेदवारका प्रतिनिधिहरूले नजर बढाएका छन्।