‘म अझै गाउन र चर्चित हुन चाहन्छु’ : अनुह्या तामाङ

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ द भ्वाइस किड्स नेपाल सिजन ३ की विजेता अनुह्या तामाङले सङ्गीत क्षेत्रमा आफू अझै चर्चित हुन चाहेको बताएकी छिन्।
द भ्वाइस किड्स ट्रफी सहित गृह नगर फर्किएकी अनुह्याले अमेरिकाको पेन्सिल्भेनिया स्थित ह्यारिसबर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा समाज टाइम्स सँग कुरा गर्दै आफूले गीत सङ्गीतलाई निरन्तरता दिने बताइन्।
विमानस्थलमा परिवार र आफन्तबाट स्वागत पाए पछि अनुह्याले भनिन् ‘म अझै गाउनु चाहन्छु।’
उनले यस पटकको नेपाल यात्रा निकै रमाइलो भएको पनि बताइन।
‘निकै रमाइलो अनुभव भइरहेको छ। सबै जनाले सपोर्ट गर्यो म धेरै खुसी छु धन्यवाद भन्न चाहन्छु जसले मलाई सहयोग गरेनन् उनीहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु।’
अनुह्याले आफू निकै उत्साहित भएको पनि बताइन्। ‘ म खुसी छु, उत्साहित छु, फेरि पनि गाउने हो।’
अनुह्याले सङ्गीतलाई नै निरन्तरता दिने बताइन। ‘म अझै गाउन चाहन्छु अझै चर्चित हुन चाहन्छु, शीर्ष स्थानमा नै रहन चाहन्छु।’
र यो पनि …